लियो क्लब अफ बुटवल सिटीको साउने कार्यक्रम सम्पन्न

बुटबल, लियो क्लब अफ बुटवल सिटीको चुरा तथा मेहन्दी वितरण कार्यक्रम सम्पन्न भएको छ । संस्थापक अध्यक्ष लियो अाशिष सुबेदीको जन्म उत्सबको अबसर पारि साउन १ गतेबाट सुरुबात गरिएको कार्यक्रम विभिन्न चरणमा सम्पन्न गरियो । नेपाल अविनाश आश्रम, कोटिहवा , नेपाल अपाङ्ग अाश्रम देविनगर , लुम्बिनी अनाध अाश्रम उजेलापुरमा पहिलो चरणमा कार्यक्रम गरिएको थियोे ।

लियो जिल्ला परिषद ३२५ बि २ का एरिया ४ चिफ लियो सुमन अधिकारी र सह को- चिफ लियो सन्तोष खरेलले , सौभाग्य भनेको थोरै भए पनि आफ्नो खुसी यसरी बाड्न पाउनु भएकोमा खुसी व्यक्त गर्नुभएको थियो । समुत्घाटन कार्यक्रम मा भरचुअल माध्यमबाट जोडिनु भएका लियो जिल्ला परिषद ३२५ बि २ नेपालका उपाध्यक्ष लियो लिला मणि न्यैपानेले सबैलाई अाफ्नो सोचलाई परिवर्तन गर्दै यस्ता कार्यक्रमले समाजमा केही परिवर्तन गर्छ भन्दै अाफ्ना कुराहरु जोड्नु भएको थियोे ।

चुरा मेहन्दी बितरण कार्यक्रममा क्लबका सदस्यले मेहन्दी लगाईदिएर सहयोग गरेका थिए । दोस्रो चरणमा राष्ट्र सेबक प्रहरी दिदी बहिनीलाई र तेस्रो चरणमा हाम्रा अभिभावक अन्तरगत क्लब सदस्यका अामा तथा दिदीबहिनीलाई यो कार्यक्रममा समेटिएको कार्यक्रम संयोजक लियो विशाल पन्थले जानकारी गराए ।

क्लबका अध्यक्ष लियो रेशम बस्यालले यो कार्यक्रम सफल बनाउन आर्थिक रुपमा सहयोग गर्ने सम्पूर्ण दाता तथा क्लब सदस्यलाई धन्यवाद दिएका थिए ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…