सैनामैनामा आयोजना गरिएको साइकलयात्रामा रोटरी, रोट्रयाक्ट र इनरह्वीलको व्यवस्थापन

सैनामैना ।

रुपन्देहीको सैनामैनामा पर्यटन प्रवद्र्धन गर्न विश्व साइकलयात्री पुस्कर शाहसहित आयोजना गरिएको साइकलयात्रामा रोटरी क्लव अफ सैनामैना, रोट्रयाक्ट क्लव अफ सैनामैना र इनरह्वील क्लव अफ सैनामैनाले व्यवस्थापनमा पक्षमा सहयोग गरेका छन् ।

साईकल साथी सैनामैनाको आयोजनामा शनिवार आयोजना गरिएको साइकल र्यालीमा तीन क्लवले संयुक्त रुपमा व्यवस्थापन पक्षबाट संयोजन गरिएको रोट्रयाक्ट क्लव अफ सैनामैनाका अध्यक्ष प्रज्जवल भुसालले जानकारी दिनुभयो ।

क्लवहरुले साइकलयात्रीहरुलाई स्वागत गर्नुका अन्त्य सम्म आवश्यक कार्यहरुको संयोजन गरेका थिए । 
रोटरी क्लव अफ सैनामैनाका अध्यक्ष गणेश भुसाल, इनरह्वील क्लव अफ सैनामैना अध्यक्ष मञ्जु ज्ञवाली लगायत रोटरी, रोट्रयाक्ट र इनरह्वीलका पदाधिकारीको सहभागिता थियो । 

नगरपालिकाको करिब ५४ किलोमिटर क्षेत्रफलमा रहेको चक्रपथको परिक्रमा गरिएको साइकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले जनाकारी दिनुभयो । साइकलयात्रामा नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीसहित करिब ७० व्यक्ति सहभागी रहेका थिए । उनीहरुले बोलबम धाम, जर्लैया, सिमसार क्षेत्र, रानीकुवा, राजाकुवा, मलमला मन्दिरलगायतका क्षेत्रको अवलोकन गरेको कार्यक्रम संयोजक गोबिन्द ज्ञवालीले जानकारी दिनुभयो ।

रोट्रयाक्टको तर्फबाट इन्टरनेशनल सर्भिस डाइरेक्टर रिसब बन्जाडेले कार्यक्रमको संयोजन गर्नुभएको थियो । 

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…