रोट्र्याक्ट राजधानीको, युवाहरुको लागि एक दिने सार्वजनिक बोलाई कार्यक्रम

भनिन्छ, भाषा पढ़न जान्नु र लेख्न जान्नू भन्दा, भाषाको संचार गर्न जान्नू अत्यन्तै कठिन छ। मात्र एक गलत संचारले व्यक्ति, समाज र राष्ट्रसँगै मनवीयताको पहिचानमै आँच आउने गर्दछ। तसर्थ, यसलाई हामीले राम्रोसँग बुझ्नु र संचार गर्नु एकदमै महत्वपूर्ण छ। यसै कुरालाई मध्यनजर गर्दै, व्यक्ति सँगै समाज, राष्ट्र र मानवीय पहिचानको सुधारात्मक तत्वलाई केही निखार्ने कोशिश  सँगै रोट्रयाक्ट क्लब अफ राजधानी ( आर. आई. डिस्ट्रिक ३२९२, नेपाल  भुटान) ले एक दिने सार्वजनिक बोलाई अङ्ग्रेजीमा One Day Public Speaking Training नामक कार्यक्रम भर्चुअल माध्यमद्वारा हिजो आयोजना गरिएको थियो।

मानव विकासमा संचारको महत्व दर्शाउदै उक्त कार्यक्रमलाई औपचारिक ढंगले निरन्तरता प्रदान गर्नको लागि प्रशिक्षकका रुपमा श्री थेन्दुप शेर्पा ज्यू हुनुन्हून्थ्यो । शेर्पाले व्यक्तित्व विकास, वार्तालापको शैली, कार्यक्रम संचालनको शैली साथै अन्य धेरै शीर्षकमा प्रशिक्षण दिनुभयो। करिब २ घण्टाको उक्त कार्यक्रमको संचालन रो. प्रकृति लम्सालले गरेकी थिइन्। कार्यक्रममा रोटरियन, रोट्रयाक्ट, इन्ट्रयाक्ट् र समुदाय स्तर गरी लगभग ६८ जना सहभागीहरुको उपस्थिति थियो भने धन्यवाद ज्ञापन रोट्रयाक्ट क्लब अफ राजधानीका अध्यक्ष रो. मित्र खत्रीले दिनुभएको थियो। कार्यक्रम निकै जानकारीमुलक र व्यक्तित्व विकासमा आधारित रहेको सहभागीजनले बताएका थिए |

यससम्बन्धी धेरै ज्ञान हासिल भएको र यसले भोलिको दिनमा धेरै नै सहयोग हुने कुरामा विश्वस्त रहेको कुरा उक्त कार्यक्रमकी आयोजिका साथै रोट्रयाक्ट क्लब अफ राजधानीकी व्यवसायिक विकास सह-प्रमुख रो. सन्दिपा न्यौपानेले बताएकी थिइन्।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…