‘जस्तो आँखा उस्तै रंग’ विमोचन

भैरहवा, ४ साउन ।
‘जस्तो आँखा उस्तै रंग’ नामक कविता संग्रह भैरहवामा विमोचन भएको छ । जर्नादन खनालले लेखेका कविताहरुको संग्रह रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीको पाँचौ पदस्थापन कार्यक्रममा विमोचन गरिएको क्लबका वर्ष २०२०/२१ का अध्यक्ष बाबुराम खनाल (अतित) ले बताए ।

रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटान जोन २५ वर्ष २०२१/२२ का एसिसटेन्ट गभर्नर कृष्ण पाण्डे, रोटरी ३२९२ नेपाल भुटान वर्ष २०२१/२२ का डीआरआर इन्भोय पीएचएफ प्रकाश शर्मा, रोटरी क्लब अफ सेन्टल लुम्बिनीका संस्थापक अध्यक्ष विमल सेञ्चुरी, वर्ष २०२०/२१ का अध्यक्ष हिरा बहादुर शाह, वर्ष २०२१/२२ का अध्यक्ष डा. शत्तदल चौधरी, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीका संस्थापक अध्यक्ष दिनेश पौडेल र क्लबका वर्ष २०२१/२२ का अध्यक्ष विनिता पोखरेलले संयुक्त रुपमा उक्त कविता संग्रहको विमोचन गरेका छन् ।

अर्घाखाँचीको मालारानी-३ सावडाँडा निवासी जर्नादन खनालका बुवा स्व. ईश्वरी प्रसाद खनाल र आमा स्व. बाल कुमारी खनालमा समर्पित उक्त कविता संग्रहको प्रकाशक झविन्द्रा खनाल रहेका छन् ।  

भर्खरै प्रकाशित

रोट्र्याक्ट राजधानीको मानसिक स्वास्थ्यबारे भर्चुअल कार्यक्रम सम्पन्न

मिति : २०७८-०४-१६काठमाडौं, मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि रोटर्याक्ट क्लव अफ राजधानी (आर आइ डिष्ट्रिक्ट ३२९२, नेपाल र भुटान)ले मिति २०७८/०४/१६ गते भर्चुअल मानसिक स्वास्थ्य चेतना…

नारायणगढमा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ नारायणगढ, रोट्रयाक्ट क्लब अफ नारायणगढ, स्पाउस क्लब अफ नारायणगढ र स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड सम्युक्त आयोजना र इन्टयाक्ट क्लब अफ वाल्मीकि शिक्षा…

Heel Pain / Plantar Fasciitis /कुर्कुच्चा / पैताला दुखाई र…

रोट्रयाक्ट क्लव अफ सैनामैनाको अध्यक्षमाः भुसाल

रोट्रयाक्ट क्लव अफ सैनामैनाको छैठौ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पद हस्तान्तरण कार्यक्रम सन् २०२०-२१ का अध्यक्ष शिशिर पोखरेलले २०२१-२२ का अध्यक्ष प्रज्वल…

Project TO2gether: सिद्दार्थनगर नगरपालिकामा अवस्थित आइसोलेसन सेन्टरलाई अक्सिजन कन्सनट्रेटर सहयोग

रोट्यार्याक्ट क्लब अफ काठमाडौ र रोट्यार्याक्ट क्लब अफ अलुम्नी अफ युनिभर्सिटी अफ मोराटोवाको संयुक्त पहलमा एउटा र रोटरी क्लब अफ काठमाण्डुको सहयोगमा एउटा गरि रोट्यार्याक्ट…