रोट्रयाक्ट क्लव अफ सैनामैनाको स्पोन्सरमा रोट्रयाक्ट दक्षिणकाली स्थापना

रोटारी वर्ष सन् २०१६ मा स्थापना भएको रोट्रयाक्ट क्लव अफ सैनामैनाको स्पोन्सरमा रोट्रयाक्ट क्लव अफ दक्षिणकाली ( काठमाण्डौँ ) स्थापना भएको छ ।

क्लवले आफ्नो स्थापनाको छोटो समयमै रोट्रयाक्ट क्लव अफ दक्षिणकाली स्थापना गर्न सफल भएको क्लवका वर्ष २०२१ ÷०२२ का अध्यक्ष प्रज्जवल भुसालले जानकारी दिनुभयो ।

स्थापना सँगै रोट्रयाक्ट क्लव अफ दक्षिणकालीको संस्थापक अध्यक्षमा शुसील खड्का चयन हुनुभएको छ । चयन सँगै क्लवमा ३० जना सदस्यहरु समेत आबद्ध भइसकेका छन् ।

अध्यक्ष खड्काले रोट्रयाक्ट डिष्ट्रिकको समन्वय र रोट्रयाक्ट क्लव अफ सैनामैनाको स्पोन्सरमा रोट्रयाक्ट दक्षिकाली स्थापना भएकोमा खुसी व्यक्त गर्दै क्लवप्रति धन्यवाद समेत व्यक्त गर्नुभयो ।

उहाँले युवाहरुको व्यक्तित्व विकास सँगै समाजमा सकारात्मक सन्देश दिने खालका कार्यक्रमहरु गर्ने योजना बनाएको बताउनुभयो । सैनामैना सँग सहकार्य गर्दै अघि बढ्ने समेत प्रतिबद्धता जनाउनुभयो ।

रोट्रयाक्ट क्लव अफ सैनामैनाका पुर्व अध्यक्ष सुरज थापा मगरले क्लवले स्थापनाको ६ बर्षको सघर्षपुर्ण यात्रामा सैनामैनाको स्पोन्सरमा दक्षिणकाली स्थापना हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

उहाँले रोट्रयाक्ट अभियानमा जोडिएकोमा संस्थापक अध्यक्ष खड्कालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…