२०८० चैत्र १६ शुक्रबार

रोट्रयाक्ट क्लब अफ लुम्बिनी वाणिज्यको अध्यक्षमाः ज्ञवाली

रोट्रयाक्ट क्लब अफ लुम्बिनी वाणिज्य क्याम्पसको अध्यक्षमा बरुण ज्ञवाली चयन भएका छन् । रोट्रयाक्ट क्लवले शनिबार १०औं पदस्थापन कार्यक्रम गरेको छ ।

पहिलो सत्रमा क्लवका निवर्तमान अध्यक्ष खिमानन्द पौडेल र दोस्रो सत्रमा नवनिर्वाचित अध्यक्ष ज्ञवालीको अध्यक्षतामा १०औं पदस्थापन कार्यक्रम भएको हाे । लुम्बिनी वाणिज्य क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक विष्णु जोशीले आगामी दिनमा थप सिर्जनशील भइ अगाडि बढ्नुपर्ने बताउनु भयो । डिस्ट्रकको तर्फबाट डि आर आर इलेकट रो लक्ष्मण खरेल ज्यु र मेम्बरसि डेभलपमेन्ट अफिसर रो मिलन भण्डारीको उपस्तिथि रहेको थियो।

वर्षभरी गरेका कार्यक्रमको समिक्क्षा गर्दै निवर्तमान अध्यक्ष खिमानन्द पौडेलले वर्षभरी आफुलाई सहयोग गर्ने साथिहरुलाई पनि सम्मान गर्नु भयो र धन्यवाद पनि दिनु भयो।

सचिव ऋषि पाण्डेले संचालन गरेको साे कार्यक्रममा स्वागत मन्तव्य दिपक अधिकारीले दिएका थिए । नवनिर्वाचित अध्यक्ष ज्ञवालीले आफ्नाे कार्यकाललाई थप ब्यबस्थित बनाउने र सामाजिक कामलाई अगाडि सार्ने प्रतिबद्धता जनाए ।

२०७८ श्रावण १०, आईतवार १८:०२ गते 0 Minutes 158 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार