रोट्रयाक्ट क्लव अफ सैनामैनाको अध्यक्षमाः भुसाल

रोट्रयाक्ट क्लव अफ सैनामैनाको छैठौ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पद हस्तान्तरण कार्यक्रम सन् २०२०-२१ का अध्यक्ष शिशिर पोखरेलले २०२१-२२ का अध्यक्ष प्रज्वल भुसाललाई पद हस्तान्तरण गर्नुभएको हो ।

वुधबार सैनामैना २ ग्लोबल पार्टी प्यालेसमा भएको कार्यक्रममा पोखरेलले भुसाललाई रोट्रयाक्ट अध्यक्ष कोलार लगाएर क्लबको चार्टर सर्टिफिकेट तथा ग्यावल हस्तान्तरण गर्नुभयो । कार्यक्रममा रोटरी वर्ष २०२१÷०२२ का रोट्रयाक्ट डिष्ट्रिक ३२९२ डिआरआर इलेक्ट लक्ष्मण खरेलले भुसाललार्ई र अध्यक्ष भुसालले रोट्रयाक्टका पदाधिकारीलाई सपथ ग्रहण गराउनु भएको थियो ।

पद ग्रहण गर्दै अध्यक्ष भुसालले आफ्नो कार्यकालमा हुने कार्य योजनाको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा वर्ष २०२०÷०२१ का अध्यक्ष शिशिर पोखरेलले आफ्नो कार्यकालमा भए गरेका प्रगति प्रतिवेदन सँगै विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले क्लवमा विभिन्न क्षेत्रमा सहयोग पुर्याउनेलाई सम्मान गर्नुका साथै क्लवका पदाधिकारी र बेस्ट कोर्डिनेटर, एक्टिभ मेम्बर लगायतलाई अवार्ड समेत प्रदान गर्नुभयो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि सैनामैना नगरपालिकाका उपप्रमुख बिना रानाले क्लवमा आबद्ध युवाहरुले व्यक्तित्व विकास सँगै समाजमा उदाहरणीय कामहरु गर्न सुझाउनुभयो । नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिदैँ नगरपालिका सहकार्य गरेर अगाडि तयार रहेको बताउनुभयो ।
विशिष्ठ अतिथि रोट्रयाक्ट डिष्ट्रिक ३२९२ का डिआरआर इलेक्ट लक्ष्मण खरेलले स्थापनाकालदेखि नै रोट्रयाक्ट क्लव अफ सैनामैना नजिक रहेको बताउँदै यस क्लवले प्रशंसनीय कार्य गरेको बताउनुभयो ।

यस वर्षपनि आवश्यक सहकार्यका लागि आफु सदैव तयार रहेको बताउनुभयो । जोन २१ का जेडआरआर कृष्ण भुसालले जोन २१ अन्तर्गत रहेको रोट्रयाक्ट सैनामैनाले रोट्रयाक्टमा छुट्टै पहिचान बनाएको बताउनुभयो । उहाँले आगामी दिनमा समेत योजनाहरुलाई कार्यान्वय गर्दै क्लवको उचाईलाई माथि पुर्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पहिलो सेसन शिशिर पोखरेल ,दोस्रो सेसन प्रज्वल भुसालको अध्यक्षता, सैनामैना नगरपालिकाका उप प्रमुख बिना रानाकोे प्रमुख आतिथ्यता, रोट्रयाक्ट डिष्ट्रिक ३२९२ का डिआरआर इलेक्ट लक्ष्मण खरेल, डिआरआर इन्भोएको विशिष्ठ आतिथ्यता तथा जोन २१ का जेडआरआर कृष्ण भुसाल, रोटरी सैनामैना वर्ष २०२१-२२ का अध्यक्ष गणेश प्रसाद भुसाल, पुर्व अध्यक्षहरु रेशमबाबु खनाल, सुरज थापा मगर, ऋषिराम रिजाल , २०२०-२१ फस्ट लेडि बन्दना न्यौपाने लगायतको आतिथ्यतामा भएको हो ।

कार्यक्रम वर्ष २०२०-२१ सचिव विशाल सुबेदी र २०२१-२२ सचिव कल्पना भट्टराइले सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा वर्ष २०२१-२२ प्रेसिडेन्ट इलेक्ट पुजा पाण्डेको स्वागत तथा अस्मित सुबेदीको संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो । यसैबिच रोट्रयाक्ट क्लव अफ सैनामैनाले क्लव डाइरेक्टरी र डायरी विमोचन गरेको छ ।

पदस्थापन कार्यक्रममा प्रमुख अतिथि बिना राना, विशिष्ठ अतिथि लक्ष्मण खरेल, अध्यक्ष प्रज्वल भुसाल लगायत विमोचन गर्नुभयो । कार्यक्रममा डिष्ट्रिक पदाधिकारी, विभिन्न जोनका जेडआरआर एवम् प्रतिनिधी ,रोटरी रोट्रयाक्ट एवम् सामाजिक संघ संस्थामा आबद्ध प्रमुख तथा प्रतिनिधीको सहभागिता थियो ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…