कंकाली सामुदायिक वनमा रत्‍ननगर रोटरी र रोट्रयाक्टको संयुक्त वृक्षरोपण

रत्ननगर रोटरी र रोट्रयाक्टको संयुक्त आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। ‘रुख रोप्नुहोस र भबिस्यको लागि आशा जगाउनुहोस् ‘ भन्ने मुल नाराका साथ कंकाली सामुदायिक वन, खैरहनीमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोन ३० का एसिस्टेन्ट गभर्नर नारायण प्रधानले रत्ननगरमा रहि रोटरी र रोट्रयाक्टले विभिन्न सामाजिक कार्यमा अग्रसरताका साथ काम गर्दै आएकोमा धन्यवाद ज्ञापन गरे। उहाँले वृक्षरोपणको कार्य गर्नाले मानव जिबन मात्र नभै सम्पुर्ण जैविक विविधता संरक्षणलाई समेत टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा रोटरी क्लब अफ पुर्बी चितवनका संस्थापक अध्यक्ष एवं कंकाली सामुदायिक वनका अध्यक्ष राममणी न्यौपानेले वन तथा बोट बिरुवाको संरक्षणमा सामुदायिक वनले कुनै कसर बाकी नछाड्ने धारणा व्यक्त गरे।

सम्पुर्ण रोट्रयाक्टरहरुले यसै कार्यक्रमको दिनबाट एक घर एक बोटबिरुवा अभियान आजैबाट आफ्नु घरगाउँ टोलछिमेकमा जगाउने रोट्रयाक्ट क्लबका अध्यक्ष राजिब शर्माले बताउनुभयो।

कार्यक्रममा सभापति रोटरी क्लबका अध्यक्ष निराजन खनालले विश्वले अहिले जलवायु परिवर्तनको समस्या न्यूनीकरण तथा अनुकुलनमा सहयोग पुर्याउने बताउदै सबै जिम्मेवार नागरिक वृक्षारोपणमा लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा खैरहनी वडा नं ४ का वडा अध्यक्ष देव बहादुर बस्नेत, कंकाली सामुदायिक वनका बरिश्ठ उपाध्यक्ष युवराज थापा मगर, सह सचीव रामहरी अर्याल, सदस्य कमल अधिकारी लगायत अन्य रोटर्याक्ट सदस्यहरुको उपस्थिति रहेको थियो।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…