नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि सामाजिक अभियन्ता सिग्देलको उमेदवारी

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी घोषणा गरेका छन् । २०४५ सालमा नेपाल विद्यार्थी संघको आधिकारीक सदस्यतालिई प्रजातन्त्र र समाजवादी संगठन नेपाली कांग्रेसमा आफूलाई समाहित गर्दै अगाडि बढेका सिग्देल नेपाल कांग्रेस पोखरा-८ का निवर्तमान वडा सभापति भई संगठनलाई सवल र सकृय वनाउन लागि परेका छन् । नेपाली कांग्रेसको ११ औं महाधिवेशनमा नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिई तन् र मन् लाई नेपाली कांग्रेसमा सर्मपण गर्दै विभिन्न आन्दोलनमा सकृय सहभागीता साथ अघी बढेका सिग्देल आफ्नो समयको धेरै वर्ष यूवाहरुको व्यक्तित्व विकास , वौद्धिक, नेतृत्वकला विकास, सामाजिक विकासमा विश्वको पुरानो व्यक्तित्व र नेतृत्व विकास गर्ने प्रजातान्त्रिक संस्था जेसीज अन्र्तराष्ट्रियको अन्र्तगत पोखरा जेसीजको अध्यक्ष, नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष तालिक आयूक्तजस्ता पदहरुमा रहि नेपाल भरि नै यूवा अभियानमा २० वर्ष सेवा पश्चात विश्व कै पुरानो सामाजिक संस्था रोटरी इन्टरनेशनलमा विगत १२ वर्ष देखि रोटरी क्लव अफ पोखरा न्यूरोडकमा अध्यक्ष एवम रोटरी डिष्ट्रक ३२९२ नेपाल भुटानको लागि सहायक गर्भनर र यूवा परिचालन तथा संरक्षण समितिको केन्द्रिय अध्यक्ष भएर कार्य गर्दै आइरहेका छन् ।

१४औँ केन्द्रिय महाधिवेशनको तयारीमा लाग्दै गर्दा हामीले वर्तमान नेपाली राजनीतिलाई सुक्ष्म रूपमा अध्ययन एवं विश्लेषण गर्नु र भावी रणनीति बनाउनु जरुरी छ। जसरी नेपालको सबैखाले आन्दोलन र परिवर्तनमा नेपाली कांग्रेसको नेतृत्वदायी भूमिका रहने हुँदा अन्योल र अस्थिरता अन्त्य गर्दै नेपालको राजनीतिलाई सहज र संस्थागत रुपमा सुचारु गर्ने दायित्व रहेको हुँदा आफ्नो उमेद्वारी रहेको सिग्देलले बताए । आफ्नो कार्यकालमा स्थानिय, प्रदेश र संघको चुनावमा वडा वाट गर्नुपर्ने भूमिका महत्वपूर्ण तवरले सम्पन्न गर्न पार्टीका सम्पूणर् तहका सदस्यहरुलाई एकवद्ध वनाई अघि बढेको यिनै यस्तै खारिएका अनुभव र अनूभुतीलाई संगठनप्रति सर्मपित भई नेपाली कांग्रेस कास्की क्षेत्र नंं २ प्रदेश २ को सभापतिको रुपमा नेतृत्व प्रदान गर्न प्रजातन्त्र प्रेमी जन समुदायलाई प्रत्यासी सिग्देलले अपील गरेका छन् ।

भर्खरै प्रकाशित

बीरगन्ज-६ को वडाध्यक्षमा अग्रवाल: पदभार ग्रहण नगर्दै काम सुरु

वीरगञ्ज, ७ जेठ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ का नवनिर्वाचित वडाअध्यक्ष जयप्रकाश साह अग्रवालले पदभार ग्रहण नगर्दै काम शुरु गरेका छन् । लोकतान्त्रिक समाजवादी…

राजेशमानको गृहवडामा जसपाबाट स्वर्णकार विजयी

वीरगञ्ज – वीरगञ्ज   महानगरपालिका  वडा  नम्बर ३ छपकैयामा  वडा  अध्यक्ष  पदमा  बैजुलाल स्वर्णकार दोहोरिएका छन् । अघिल्लो निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित स्वर्णकार…

बिन्दवासिनीको अध्यक्षमा लोसपाका प्रमोद तिवारी विजयी

वीरगञ्ज – बिन्दवासनी गाउपालिकाको अध्यक्षमा लोसपाका उम्मेदवार  प्रमोद तिवारी विजयी भएसंगै पर्सामा लोसपाको जितको खाता खुलेको हो ।गाउँपालिका अध्यक्षमा लाेसपाका उम्मेदवार तिवारी ४ हजार १…

एमालेको गढ भत्काउँदै जसपाको एतिहासिक जित

वीरगञ्ज, ३ जेठ । कम्युनिष्टको किल्ला मानिने वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा जनता समाजवादी पार्टी (जसपा) को ऐतिहासिक जित भएको छ । झण्डै साढे…

६ वटै महानगरपालिकामा मतगणना सुरु हुँदै

काठमाडौं । सर्वाधिक चासो रहेको भरतपुरसहित ६ वटै महानगरपालिकामा आज बिहानदेखि मतगणना सुरु हुँदैछ । काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृहमा बिहान ८ बजेदेखि मतगणना सुरु हुँदैछ…