आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु हुने कारण मध्येको सुचीमा पर्ने आत्महत्या अहिले नेपालमा पनि उच्च सुचीमा नै रहेको छ। बिशेषत: अहिलेको यस कोविड-१९ महामारीले गर्दा पनि मानिसहरुको दैनिक जीवन कष्ठकर हुदै गएको र यी कारणले गर्दा धेरैले आफ्नो ज्यान त्यागेको कुरा पनि बाहिरिएको छ। नेपाल प्रहरीको हालको तथ्यांकानुसार नेपालमा हरेक दिन औसत १९ जनाले आत्महत्या गर्ने तथ्य सार्वजानिक गरेको छ।

मुख्यत: युवा वर्गमाझ बढी देखिएको यस समस्यालाई मध्यनजर गर्दै , थप छलफल गर्नकै निमित्त रोटयाक्ट क्लब अफ राजधानी (आर आई डीस्टरिकट ३२९२ नेपाल र भुटान) र टीम नेपो ललितपुर सहकार्यमा हिजो मिति २०७८/०५/२६ गते आत्महत्या रोकथाम सम्बन्धि भर्चुवल कार्यक्रम आयोजना गरिएको थियो । Talk about: Suicide prevention शिर्षक दिईएको उक्त कार्यक्रम संस्थाले गर्दै आइरहेको Oh Precious Soul You Matter को चौथो शृंखलाका रुपमा “Live life in Peace; not in Pieces”मूल नाराका साथ आयोजना गरिएको थियो।
उक्त कार्यक्रमलाई टी पी ओ नेपालकि क्लिनिकल मनोबैज्ञानिक वा ट्रेनर सबिना महर्जन र सोहि संस्ठाका अर्का साइकोसोसिअल परामर्शदाता जीतेन राई ले सहजीकरण गर्नु भएको थियो।करिब डेढ घण्टाको उक्त कार्यक्रममा बक्ताहरुले पालैपालो आत्महत्या सम्बन्धि ; आत्महत्याका कारणहरु,लक्षण ,असर, रोकथामहरु , हालको परिस्थिति साथै समाजमा यस बिषय सम्बन्धि भएका भ्रमहरुको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रमलाई सफल बनाउन विभिन्न संस्था र क्षेत्र बाट झन्डै ३२ जना सहभागीहरु जोडिनु भएको थियो। रोट्र्याक्टर मयुरी उपाध्यायको संयोजकत्वमा आयोजना गरिएको कार्यक्रमलाई अझै रोचक र मनोरंजन्नात्मक बनाउनका लागि लीओ अनुषा आचार्यले सांगीतिक प्रस्तुति साथै रोटयाक्टर अमृत पाण्डेले उत्प्रेरित कविता प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रमलाई रोट्र्याक्टर अम्बिका सुनुवारले संचालन गर्नु भएको थियो। रोटा बर्ष२०२१-२२ का सामुदायिक सेवा निर्देशक रमेश देवकोटाको निर्देशनमा आयोजना गरिएको उक्त कार्यक्रम निकै नै जानकारमुलक र फलदायी भएको कुरा सहभागीजनले बताएका थिए।