२०७९ माघ १७ मंगलवार

लोसपा पर्साको सम्पर्क कार्यालय विधिवतरुपमा संचालन

वीरगञ्ज ११ फाल्गुन । वीरगञ्जमा लोसपा नेपाल पर्साको सम्पर्क कार्यालय आज देखी विधिवतरुपमा पुजापठ गरी सुरु गरिएको छ ।
रानीघाट स्थित गोकुलेश्वर भवनमा स्थापना भएको सम्पर्क कार्यालय लोसपा जिल्ला अध्यक्ष पुरुषोतम झाले विधिवतरुपमा पुजापाठ गरी झण्डातेलन गरी कार्यालयको शुभारम्भ गरेका हुन् ।
पार्टी कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वीरगञ्ज महानगर अध्यक्ष सर्राफले भने, सहज हिसाबले पार्टीको कामकाज निरन्तर संचालन गर्न र पार्टीका कार्यकर्ता र जनताहरुलाई सहज एवं स्तरिय सेवा प्रवाह गर्न पार्टी कार्यालय सक्रिय भएर लाग्ने उनले बताए ।
सम्पन लोसपा पार्टी कार्यालय उद्घाटन कार्यक्रमको प्रमुख अतिथी मधेश प्रदेश संसद रमेश कुर्मि, लोसपा पर्साका बरिष्ठ नेता तथा अधिवता सुरेन्द्र कुर्मि , रम्भा मिश्र, लगायत जिल्लाका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

२०७८ फाल्गुन ११, बुधबार १३:३६ गते 0 Minutes 84 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार