
बुटवल – रोट्रेक्ट क्लब ऑफ लुम्विनी वाणिज्य क्याम्पसले लुम्विनी वाणिज्य क्याम्पसमा अध्ययनरत विद्यार्थिहरु बिच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भए को छ। उक्त क्लबले प्रारम्भिक जाँच गरी जम्मा ८ अटा समुह अन्तिम चरणमा पुगेका थिए र जसमध्ये ७ वटा समुह सहभागि भएका थिए। उक्त कार्यक्रम लुम्विनी वाणिज्य क्याम्पसका सञ्चालक समिति अध्यक्ष मोतिलाल पाण्डेको प्रमुख आत्थ्यिता तथा सहायक क्याम्पस प्रमुख विष्णु जोसीको विशिष्ट आतिथ्यतामा र क्याम्पसका विभिन्न कार्यक्रम संयोजकको आतिन्यतामा सम्पन्न गरिएको छ । कार्यक्रमको सञ्चालन क्लबका सचिव रो. रिषी पाण्डेल् गरेका थिए भने क्लबका अध्यक्ष रो. बरुण ज्ञवालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो। विशेष गरी क्याम्पसमा अध्ययनरता विद्यार्थिहरुको बौद्धिक आयामलाई विकास गर्ने हेतुले कार्यक्रम सञ्चालन गरिएको र क्लबले आगामी दिनमा विद्यार्थिहरुको विकासका विभिन्न आयामहरुलाई जोडने कार्यक्रम गराईहने क्लबका अध्यक्ष रो. बरुण ज्ञवालीले जानकारी दिनुभएको छ । उक्त कार्यक्रममा बि. बि. स तेस्रो वर्ष सेक्सन सि मा अध्ययनरत बिमला शर्मा नेत्तृत्वको सहभागि हरुले प्रथम स्थान हासिल गर्न सफल भएको छ भने दोस्रो स्थान सोहि तेस्रो वर्षमा अध्ययनरत शर्मिला पौडेल नेतृत्वको समुहले हासिल गर्न सफल भयो भने तेस्रो स्थान एम. वि. एस बाट लोकराम चौधरी नेतृत्वको समुहले हासिल गरेको छ , कार्यक्रमका प्रमुख अतिथिले क्लबले गरेको क्रियाकलाप तथा खेलेको प्रसंसा गर्नु भएको थियो ।त्यस्तै गरी सहायक क्याम्पस प्रमुख विष्णु जोसीले आगामी दिनमा क्लबले यस्तै किसिमका कार्यक्रम गरी बिद्यार्थिहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने काममा क्याम्पससगै मिलेर काम गर्नुहुन सल्लाहसमेत दिनुभएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।