
वीरगंज । अन्तराष्ट्रीय नारी दिवसको अवसरमा मंगलबार वीरगंजमा महिला सशक्तिकरण विषयक वक्तृत्वकला प्रतीयोगिता सम्पन्न भएको छ । हण्ड्रेड्स ग्रुपको आयाेजनामा वीरगंजस्थित बाल एकता इंगलिश बोर्डिङ्ग स्कुलमा भएकाे प्रतियाेगिता सम्पन्न भएकाे हाे ।
हण्ड्रेड्स ग्रुपका संयाेजक बिशेश साहको अध्यक्षततामा भएकाे प्रतियाेगितामा साबृन खातुन प्रथम, मुस्कान मण्डल द्वितिय र अपेक्षा चौधरी तृतिय भएका थिए ।
कार्यक्रमका अतिथीसहरु सुस्मा तिवारी द्विवेदी, डा. दिप्ति यादव, मुनि श्रीवास्तव, नेता बाबुराम कौशिक, पाेखरिया नगरपालिकाकी उम मेयर सल्मा खातुन लगायतकाले प्रतियाेताका विजेताहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।
बालबालिकाहरुमा महिला प्रतिको सम्मानको भावना जगाउने उदेश्यले महिला दिवसकाे अवसरमा महिला विषयक वक्तृत्वकला प्रतियोगितामा आयाेजना गरिएकाे आयाेजक ग्रुपका संयाेजक साहले वताए ।
कार्यक्रममा ग्रुपका सदस्य बिक्की सर्राफ, आयुश राज बर्णवाल, सुशील पटेल, मधुरन्जन साह, राहुल पटेल, आकाश भगत माली, बिकाश गुप्ता, रितु मेहता, अनुराधा गुप्ता, नेहा साह, ज्योती साह, अपेक्षा मिश्रा लगायतकाे उपस्थित रहेको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।