२०७९ माघ १७ मंगलवार

वीरगंजमा लोसपाको लहर,३०० जनाद्वारा पार्टी प्रवेश

वीरगंज वडा नम्बर-१७ कोनियामा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल वडा एकाई समिती द्वारा आयोजित होलि मिलन तथा पार्टी प्रवेश कार्यक्रममा तीन सय जना पार्टी प्रवेश गरेका छन् ।

स्थानीय नेता ज्वाला मालीको अध्यक्षतामा सम्पन्नमा कार्यक्रममा प्रमुख अतिथि प्रदेश सान्सद रमेश प्रसाद कुर्मी ,जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झा,नेताहरू अधिवक्ता सुरेन्द्र कुर्मी , शशि कपुर मिया, रम्भा मिस्रा, जिल्लाका वरिष्ठ उपाध्यक्ष सन्तोष तिवारी , वीरगन्ज महानगर अध्यक्ष ओमप्रकाश सरार्फ लगायतले सम्बोधन गर्दै मधेसी, उत्पीडितको अधिकार र समावेशी , सन्तुलित बिकासको लागी लोसपाको विकल्प नरहेकोमा जोड दिए।

कार्यक्रममा नगर उपाध्यक्ष शेख फिरोज, सचीव संजय पटेल , सदस्यहरु शिवशंकर दिवेदी, नन्दलाल यादव , बिरेन्द्र साह, पुरन पटेल ,कनवर मन्सुरी, महिलाकि नगर अध्यक्ष अन्जना गुप्ता लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण जिल्ला उपाध्यक्ष राजेश साहले गरेका थिए।

भेलाले छोटेलाल साहको अध्यक्षतामा ४१ सदस्यीय वडा एकाई कमिटी गठन गरिएको छ।

२०७८ चैत्र १, मंगलवार १३:३० गते 1 Minute 123 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार