२०७९ असार १४ मंगलवार

भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको मूल्य बढाएर पठाएको छ । आज (मार्च १६) मा प्राप्त नयाँ मूल्यसूचीमा आईओसीले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको निमगले जनाएको छ ।

यसअघि, यही मार्च १ मा प्राप्त मूल्यसूचीभन्दा पेट्रोल लिटरमा १६ रुपैयाँ ३७ पैसा, डिजेल लिटरमा २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धनको मूल्य प्रलिलिटर  १८ रुपैयाँ ८९ पैसाले बढेर आएको निगमले जनाएको छ ।

नयाँ मूल्यसूची आएसँगै अब निगमलाई १५ दिनमा नै पेट्रोलियम पदार्थमा पाँच अर्ब ३० करोड रुपयाँ घाटा हुने अवस्था आएको जनाइएको छ ।आईओसीबाट इन्धनको मूल्य  बढेसँगै  नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नुपर्ने अवस्था आएको जनाइएको छ । मूल्य समायोजन नगरे घाटा थेग्न नसकिने निगमका अधिकारीहरू बताउँछन् । चालु आर्थिक वर्षमा निगमले २८ अर्ब घाटा व्यहोरिसकेको जनाइएको छ ।

२०७८ चैत्र २, बुधबार २३:०० गते 1 Minute 12 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार