२०७९ मंसिर १७ शनिबार

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो, साढे २ अर्ब रुपैयाँको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबारको तुलनामा सोमबार सेयर कारोबार रकम समेत घटेको छ । नेप्से परिसूचक २९ दशमलव ९८ अंकले घटेर २ हजार ५ सय ४२ दशमलव २८ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ अंकले घटेको छ । नेप्सेले २५ वाणिज्य बैंकसहित ३६ कम्पनीहरुलाई ‘क’ वर्गमा राखेको छ । नेप्से परिसूचक सुस्ताउँदा यसको असर सेयर कारोबार रकममा समेत परेको छ ।

आइतबार करिब ५ अर्ब रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार २ अर्ब ५४ करोडमै रोकिएको छ । दिनभर भएका ४२ हजार ७१२ कारोबारबाट २३१ धितोपत्रका ४९ लाख ५८ हजार ९१४ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१४ रुपैयाँमा रोकिएको छ ।

२०७८ चैत्र १४, सोमबार १७:३० गते 0 Minutes 130 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?