२०७९ असार १४ मंगलवार

पीएनजीविरुद्ध नेपालको शानदार जीत, दीपेन्द्रको ह्याट्रिक

काठमाडौं- त्रिकोणात्मक टी–ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले लगातार तेस्रो जीत निकाल्दै फाइनलमा प्रवेश गरेको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले पपुवा न्यू गिनी पीएनजीलाई ३७ रन ले पराजित गरेको हो ।

२ सय ४ रनको विशाल लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको पीएनजी १९ ओभर ४ बलमा मात्र १ सय ६६ रन बनाउन सफल भयो । पीएनजीलाई लक्ष्य पुरा गर्नबाट रोक्न नेपालका करन केसीले ह्याट्रिकसहित ५ विकेट लिए ।

उनले अन्तिम तीन बलमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे । नेपालका लागि अविनाश बोहोरा र सोमपाल कामीले २–२ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले १ विकेट लिए । 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनायो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ६६ रन, रोहित पौडेलले ४१ र आशिफ शेखले ३८ रन बनाए । मोहम्मद आदिल आलामले ३१ र कुशल भूर्तेलले १७ रन जोडे ।

आरिफ शेखले अविजित २ र करन केसीले १ रन जोडे । दिलिप नाथ शून्य रनमा आउट भए भने अविजित रहेका कप्तान सन्दीप लामिछानेले पनि रन जोड्न असफल रहे ।

२०७८ चैत्र १७, बिहीबार १६:१८ गते 1 Minute 6 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार