२०७९ माघ १७ मंगलवार

ओलीले वीरगञ्जमा बोलेको बोलीको लोसपा नेता सर्राफद्वारा खण्डन


वीरगञ्ज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलवार वीरगञ्जमा गरेको भाषणको मधेशी दलका एक नेताले खण्डन गरेका छन् ।वीरगञ्जमा आयोजित बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘केही स्वार्थीहरुले केपी ओली मधेश विरोधी भनेर हल्ला चलाइ एमाले विरुद्ध भ्रम फैलाएको भन्ने भाषण गरेपछी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विरगञ्ज महानगर अध्यक्ष ओमप्रकाश सरार्फले विरोध जनाएका हुन् ।


सर्राफले मधेस आन्दोलनको बेला ओलीले दिएका मधेशविरोधी अभिव्यक्तिहरुको समेत स्मरण गराएका छन् । सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै नेता सरार्फले विभेद कायम रहेसम्म समृद्धी र दिगो बिकास सम्भव नहुने कुरा ओलिले बुझ्न बाकी रहेको टिप्पणी गरेका छन् ।


उनले लेखेका छन्, ‘मधेशवादी दलबाट आफ्नो पहिचान बनाई ‘ओली शरनम् गच्छामी’ भएका मधेशका गद्दारहरुले ओलीलाई सो कुरा छिट्टै बुझाउने छन् भन्ने विश्वास छ ।’


‘विभेदकारी संविधान जारी भएकै दिन ओलि एण्ड कम्पनीले दिपावली र मधेशी जनताले शोक तथा कालो दिवसका रुपमा मनाएको दिन बिर्सन नहुने सर्राफको धारणा छ ।


सरार्फले लेख्छन्, ‘मधेश आन्दोलनमा ओलीले नरसंहार गर्दा “दुई–चार वटा आँप खस्दैमा केहि हुन्न’, मानव साङ्लोलाई माखे साङ्लो” भन्ने ओलीको बोली तपाईंहरुले बिर्सनु भयो होला, तर मधेशी जनतालाई सदैब याद रहने छ ।’


सर्राफ अँझै थप्छन्, ‘शताब्दीयौँदेखी मधेशी र उत्पीडितलाई गुलाम बनाई राख्ने, उपनिवेश लादीरहने मधेश बिरोधी पार्टी र खासगरी ओलीलाई फुलको माला लगाउँदा तपाईहरुका हात काँपेनन् तर यस्ता दलबदलु गद्दारहरुलाई मत हाल्न जनताको हात अवश्य काँप्ने छन् ।’


मधेशवादी दल छाडेर एमाले प्रवेश गरेका नेताहरुप्रती ईंगित गर्दै सर्राफले भनेका छन ‘अधिकार तथा पहिचानको लडाइँको महान यात्राबाट तपाईंहरु क्षणिक स्वार्थ र लाभको कारण बिचलित हुनु र बाटो बिराउनु भयो त्यसको लागी सहानुभूति छ । तर यो यात्रा अनवरत अगाडि बढी रहन्छ, किन कि मधेशी र उत्पीडितको विभेदको मुद्दा केही मुठी भर स्वार्थी नेताको मोहताज हैन ।’

२०७८ चैत्र २२, मंगलवार १९:०३ गते 1 Minute 110 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार