२०७९ मंसिर १७ शनिबार

नेपालले थप ३२५ मेगावाट बिजुली भारतलाई बेच्ने

काठमाडाैं । नेपालले भारतलाई थप ३ सय २५ मेगावाट बिजुली बेच्ने भएकाे छ ।

नेपालले भारतीय ऊर्जा बजारमा प्रतिष्पर्धी दरमा थप ३ सय २५ मेगावाट विद्युत बिक्रीको अनुमति पाएको उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले बुधवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएकाे हाे ।

भारतीय विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई भारतीय बजारमा थप ३ सय २५ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति दिएको पत्रकार सम्मेलनमा जानकारी दिइयाे । ०

दाेस्राे चरणमा १ सय ४४ मेगावाटको ‘कालीगण्डकी ए’बाट १ सय ४० मेगावाट, ७० मेगावाटको मध्यमर्स्याङ्धीबाट ६८ मेगावाट, ६९ मेगावाटको मर्स्याङ्धीबाट ६७ मेगावाट र निजी क्षेत्रको ग्रीन भेन्चर्स लिको ५२.४ मेगावाटको लिखु-४ बाट ५१ मेगावाट गरी कुल ३२६ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयाे ।

यसअघि ०७८ कात्तिकमा पहिलो चरणमा ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री गर्न भारतले नेपाललाई स्वीकृति दिएको थियो । योसँगै नेपालले भारतीय बजारमा ३६४ मेगावाटसम्म विद्युत् विक्री गर्न प्रवेश पाउने भएको छ ।

देशभित्र खपत गरेर जगेडा भएको विद्युत् ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत  निर्यात हुनेछ ।

२०७८ चैत्र २४, बिहीबार ०९:३६ गते 1 Minute 124 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?