२०७९ असार १४ मंगलवार

रोट्राक्ट राजधानीको नयाँ लगानीकर्तालाई उत्कृष्ट स्टक छनोट सेयर प्रशिक्षण-

शेयर बजारमा नयाँ लगानीकर्ताले उच्च प्रतिफल पाउने आशामा धेरैनै लगानी गरिरहेका छन् । तर उनीहरूले लगानी गर्न छानेको कम्पनीका आधार भनेको सामाजिक मिडिया, फेक न्यूज पोर्टल, साथीहरू वा अन्य कुनै पनि अप्रमाणित वा विश्वसनीयता नभएका स्रोतहरूबाट प्रभावित छन् । भगवान भरोसा कतिपयले राम्रो कम्पनी छाने तर धेरैले नराम्रो कम्पनी वा औसत कम्पनीहरूलाई धेरै उच्च मूल्यमा वा खराब समयमा छनोट गरे। फलस्वरूप सेयर बजारमा पैसा गुमाइरहेका छन्।

सेयर बजारको इतिहासका पाना पल्टाएर हेर्ने हो भने आवश्यक ज्ञानको कमीले धेरैले पैसा गुमाएका, आत्महत्याको प्रयाससमेत गरेका, कतिले आत्महत्यानै गरेका, डिप्रेसनको सामना गर्नुपरेका, धेरैले आफ्नो सम्पत्ति गुमाएर फेरि सेयर बजारमा प्रवेश नै नगरेका घटनाहरु देख्न सकिन्छ।

अबका नयाँ लगानीकर्ताहरूलाई यस्ता घटनाहरू ज्ञानकै अभावका कारणले मात्र नदोहोरीउन भन्ने उद्देश्यले रोट्र्याक्ट क्लब अफ राजधानी , आर आई डीस्ट्रीक्ट ३२९२ नेपाल भुटानले “शेयर बजारमा लगानी गर्नु अघि ज्ञानमा लगानी गर्नुहोस्” भन्ने मुल नाराका साथ सेल्फ मेड करोडपति र नेपालका सबैभन्दा ठूलो लगानीकर्ताका रुपमा चिनिने सुवास चन्द्र भट्टराई को प्रशिक्षणमा “उत्कृष्ट स्टक छनोट सेयर प्रशिक्षण” कार्यक्रम आयोजना गरेको छ ।

सुवासचन्द्र भट्टराई नेपाली सेयर बजारबाटै करोडपति बनेका हुन्। उनले धेरै नयाँ लगानीकर्ताहरूलाई सहयोग गरे, जिरो टू हिरो बनाए र सेयर बजारबाट घाटाले आत्महत्याको प्रयास गर्नबाट पनि बचाए। उनी नयाँ लगानीकर्ताका लागि प्रेरणादायी व्यक्ति हुन् । अब उनी नयाँ लगानीकर्तालाई आफ्नो मेहनतको पैसा गुम्नबाट जोगाउने, आफूले भोग्नुपरेको तनावबाट बच्ने र नेपालको सेयर बजारका बारेमा सबैलाई शिक्षित गराउने अभियानमा छन्।

रो. संदिपा न्यौपानेको निर्देशनमा संयोजक रो. गंगाराम सुनुवारले संयोजन गरेको उक्त तालीम कलेज अफ बिजनेस म्यानेजमेन्ट, डिल्लीबजारमा आयोजना गरिएको थियो । तालिममा प्रशिक्षक सुवासचन्द्र भट्टराईले इन्साइडर ट्रेडिङ कसरी हुन्छ, ठूला सार्कले बजारमा रहेका साना माछालाई कसरी खान सक्छन् र त्यसबाट कसरी बच्ने भन्नेबारे सिकाउनु भएको थियो । बजारका राम्रा पक्षहरू तथा नराम्रा पक्षहरू र कसरी प्रतिकूल परिस्थितिमा पनि बजारबाट बचेर फाइदा लिन सकिन्छ भन्ने बारेमा पनि चर्चा गर्नु भएको थियो।सेयर बजारमा लगानी गर्ने आधारभूत कुरा के के हुन् , ऋणलाई सेयर बजारमा औजारका रूपमा प्रयोग गर्ने र त्यसबाट फाइदा लिने उपाय, महत्वपूर्ण की मिटरहरु, कम्पनी किन्नुअघि अनुसन्धान गर्नुपर्ने अनुपातहरु, निर्देशिका र अध्ययन गर्ने स्रोत, वित्तीय प्रतिवेदन कसरी पढ्ने, दीर्घकालीन लगानीमा कम्पाउन्डिङको शक्ति र अन्य धेरै कुराहरूको विषयमा कार्यक्रममा चर्चा गरिएको थियो ।

तालिममा अर्का अतिथि वक्ता शिव चन्द्र पनि उपस्थित थियो ,जो नेपाली शेयर बजारका ठूला लगानीकर्ताका रुपमा चिनिनुहुन्छ। वहाँले नेपाली शेयर बजारको क्षेत्रगत विश्लेषण, अवसर र चुनौतीका बारेमा चर्चा गर्नुभएको थियो। बजारमा हाल लगानी गर्नका निम्ति वर्तमान अवसरहरुको बारेमा विश्लेषण सहित सम्भावित उच्च-बृद्धि कम्पनीहरूको जानकार समेत गराउनु भयो ।

प्रशिक्षण सत्र नयाँ लगानीकर्ताहरूको लागि अत्यन्त लाभदायक रहेको कुरा प्रशिक्षार्थीहरुले व्यक्त गरे । झन्डै ४० जना लगानीकर्ता रहेको कार्यक्रमलाई सहभागीहरूको सक्रिय सहभागिता देखिएको थियो । कार्यक्रम अत्यन्तै राम्रो र फलदायी बनाईदिनु भएका प्रति धन्यवाद व्यक्त गर्दै रोट्राक्ट क्लब अफ राजधानीका रोटा वर्ष २०२१-२२ का अध्यक्ष रो . मित्र खत्रीद्वारा मायाको चिनो हस्तान्तरण गरि कार्यक्रम समापन गरिएको थियो । यस किसिमको कार्यक्रम भावी दिनमा पनि आयोजना गर्ने वाचा अध्यक्ष खत्रीले गरेका छन् । कार्यक्रमलाई  रो. अम्बिका सुनुवारले संचालन गरेका थिए ।

२०७८ चैत्र २८, सोमबार १५:११ गते 1 Minute 15 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार