२०७९ असार १४ मंगलवार

निर्वाचनमा उम्मेदवारी दिन के-के कागजात चाहिन्छ त?

वीरगञ्ज – आगामी वैशाख ३० गतेका लागि देशभर स्थानीय तहको निर्वाचनको मिति तोकिएको छ । तर आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन के-के कागजात आवश्यक पर्छ? निर्वाचन आयोगले यसबारे जानकारी दिएको छ । 

आयोगका अनुसार वडाअध्यक्ष र वडा सदस्यमा उम्मेदवारी दिन चार चिजको आवश्कता पर्ने उल्लेख गरेको छ ।

आयोगका अनुसार नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी राखेको बैंक भौचर वा नगद रसिद, दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र र सम्बन्धित वडाको मतदाता मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, उम्मेदवारीको स्वघोषणा आवश्यक पर्नेछ ।  

निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले आवश्यक तयारी द्रूत गतिमा गरिरहेको छ । 

राजनीतिक दलहरु र आकांक्षी उम्मेदवारहरु पनि चुनावी अभियानमा होम्मिसकेका छन् ।

२०७९ बैशाख ५, सोमबार १६:४२ गते 1 Minute 3 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार