२०७९ असार १४ मंगलवार

बुटवल जेसिजद्वारा लुम्बिनिमा सम्सदिय तालिम सम्पन्न

बुटवल जेसिज बर्ष २०२२ को आयोजनामा यहि बैशाख ९ र १० गते दुई दिने आवासिय संसदीय प्रणाली तालिम सम्पन्न गरेको छ ।भगवान गौतम बुद्ध को जन्मस्थल लुम्बिनिमा आयोजित उक्त तालिमको प्रमुख प्रशिक्षक जेसीआई सिनेटर राजाबाबु शाह रहनुभएको थियो ।

बुटवल जेसीजका अध्यक्ष जेसी चन्द्रमणी भुसालको अध्यक्षता तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर लालमणी भण्डारीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको तालिमको समापन समारोहमा राजकिय बौद्ध बिहार लुम्बिनीका प्रमुख भिक्षु सागर धम्मको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बुटवल जेसीजका पुर्व अध्यक्ष तथा सल्लाहकार लालहरी पाण्डे , जेसीआई सिनेटर राजेन्द्र घिमीरे, नरदेब न्यौपाने तथा सहभागीशाखाको तर्फबाट जेसीआई भलवारी जेसीजका अध्यक्ष किसोर पंगेनी,जेसीआई सुनवलका अध्यक्ष जमुना कुमारी थापा,जेसीआई रामग्रामका अध्यक्ष अनिलकुमार उपाध्याय लगायतले बोल्दै परीवर्तित “रबर्ट रुल न्युली अर्डर” का वारेमा तालिममा गहन अध्ययन हुनुका साथै प्रयोगात्मक अभ्यासले तालिम बुझने ठुलो अबसर प्राप्त भएको बताए।

तालिममा छिमेकी शाखाहरु भलवारी जेसीज,रामग्राम जेसीज,सुनवल जेसीज,सैनामैना जेसीज, सिद्धार्थ लेडी जेसीज, तिलोत्तमा जेसीज,शुद्धाेधन जेसीज लगायतका शाखाका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
बुटवल जेसीजका कार्यक्रम संयाेजक बिक्रम क्षेत्रीको संयोजकत्वमा सञ्चालीत उक्तदुई दिने तालिममा प्रमुख प्रशिक्षक सिनेटर राजाबाबु शाहले शैद्धान्तिक तथा ब्यबहारिक अभ्यास बाट तालिम प्रदान गर्नुभएको कुरा बुटवल जेसीजका महासचिब जेसी मोहन न्यौपानेले जानकारी दिए ।तालिम अबधिभर गरीएको विभिन्न अतिरिक्त कृयाकलापले तालिममा अझ रौनक थपेको महसुस भएको कुरा बुटवल जेसीजका जेसी हरिबिक्रम कुवरले जानकारी गराउनु भयो ।

२०७९ बैशाख १२, सोमबार १०:४१ गते 0 Minutes 5 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार