२०७९ असार १४ मंगलवार

बुटवलको उपप्रमुखमा राप्रपाबाट २६ वर्षीया भगवती पान्डेले उम्मेदवारी दिईन |

बुटवल–११ की भगवती पाण्डेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उमेदवारी दर्ता गरेकी हुन् । स्थानीय तहमा युवाहरुको खाचो भएकाले उमेदवारी दर्ता गराएको उनले बताइन् ।

१५ वर्षदेखि राजनीति थालेकी उनी अहिले राप्रपाको क्षेत्रीय कोषाध्यक्ष हुन् । विभिन्न संघसस्थामा आवद्ध उनी पछिल्लो समय रोट्रयाक्ट क्लब अफ क्यापिटल बुटवलमा आबद्ध भई सामाजिक कार्यमा सक्रिय छन्।

उनले बुटवल–११ मा केक कोसेलीसमेत सञ्चालन गर्दै आएकी छन्। उनी बुवा कृष्णप्रसाद पाण्डे र आमा मीना पाण्डेकी छोरी पाण्डे रोट्रयाक्ट क्लब अफ क्यापिटल बुटवलमा र रोटरी क्लब अफ सेन्‍ट्रल रुपन्देहीमा सह कोषाध्यक्ष आबद्ध भई सामाजिक कार्यमा सक्रिय छन् ।

बुटवल उपमहानगरपालिकाको प्रमुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मृगेन्द्रकुमार शेरचन सहित वडाध्यक्ष र वडा सदस्य गरी ९० जनाले मनोनयन दर्ता गरेका हुन् । बुटवल निवासी शेरचन सञ्चार उद्यमी हुन् । उनले तिनाउ एफएम सञ्चालन गरेका छन् ।

२०७९ बैशाख १३, मंगलवार ११:०६ गते 1 Minute 15 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार