२०७९ असार १४ मंगलवार

ठाकुररामबाट ८० बोरा चिट निकालेको सरावगीकाे अभिव्यक्ति प्रति क्याम्पस प्रशासनले निकाल्याे विज्ञप्ति

वीरगञ्ज, २६ वैशाख । वीरगञ्जका निवर्तमान मेयर विजयकुमार सरावगी फेरी विवादमा तानिएका छन् ।

आधारहिन कुरा गरेर पटक-पटक विवादमा आउने गरेका सरावगीले यस पटक ठाकुरराम बहुमुखी क्याम्पसको विषयमा बोलेपछि विवादमा तानिएका हुन् ।

नेपालकै पूरानो शैक्षिक संस्था ठाकुरराम क्याम्पसको विषयमा एउटा टेलिभिजन च्यानलको कार्यक्रममा आधारहिन कुरा बोलेर मानमर्दन गरेको भन्दै क्याम्पस प्रशासनले आपत्ती जनाएको छ ।

हिजो राती प्रशारण भएको ग्यालेक्सी टिभीको कार्यक्रम चिया चर्चामा एमालेमा नवप्रवेशी सरावगीले ठाकुरराम बहुमुखी क्याम्पसबाट आफूले ८० बोरा चिट निकालेको भनेर दिएको अभिव्यक्ति प्रति क्याम्पस प्रशासनले आपत्ती जनाएको हो ।

ठाकुरराम क्याम्पसमा परिक्षा चलिरहेको बेला आफू त्यहाँ अनुगमन गर्न पुग्दा विद्यार्थीबाट ८० बोरा चिट निकालेर ल्याएको सरावगीले कार्यक्रममा अभिव्यक्ति दिएका थिए ।

सरावगीले दिएको अभिव्यक्तिमा कुनैपनि सत्ययता नभएको र यसले ठाकुरराम क्याम्पस जस्तो शैक्षिक संस्थाको मानमर्दन भएको भन्दै क्याम्पस प्रशासनले विज्ञप्ति नै जारी गरेर अबदेखि क्याम्पसको विषयमा बोल्दा होस् पुर्याउन र यस्ता कुराहरु दोहोर्याएर नभन्न चेतावनी दिएको छ । 

यसअघि सरावगीको यो अभिव्यक्ति प्रति ठाकुरराम क्याम्पसका चार वटा विद्यार्थी संगठनले पनि आपत्ती जनाउँदै माफी माग्न आग्रह गरेका थिए ।

२०७९ बैशाख २६, सोमबार १९:३२ गते 1 Minute 7 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार