२०७९ असार १४ मंगलवार

एमालेको गढ भत्काउँदै जसपाको एतिहासिक जित


वीरगञ्ज, ३ जेठ । कम्युनिष्टको किल्ला मानिने वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा जनता समाजवादी पार्टी (जसपा) को ऐतिहासिक जित भएको छ । झण्डै साढे ३ दशकदेखि कम्युनिष्टले एक छत्र राज गर्दै आएको वडामा जसपाले एमालेको किल्ला भत्काएको हो ।
वडा नम्बर ३० लालपर्साको अन्तिम मत परिणामअनुसार ६ सय ४१ मत ल्याएर जसपाका ३१ वर्षीय मनोज कुमार यादव वडाअध्यक्षमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका उम्मेदवार अली हुसेन देवानलाई ५५ मतले पराजित गर्दै यादव बिजयी भएका हुन् । देवानले ५ सय ८६ मत पाउँदा नेकपा एमालेका अमानत मियाँले ५ सय २४ मत ल्याएका छन् । अमानत मियाँ निवर्तमान वडाअध्यक्ष हुन् ।
वीरगञ्ज महानगरपालिकामा जसपाको यो तेस्रो जित हो । यसअघि वडा नम्बर १ मा मनोज राउत कुर्मी र वडा नम्बर ३२ मा रियाज अहमद मियाँ विजयी भइसकेका छन् ।

२०७९ जेष्ठ ३, मंगलवार १८:२४ गते 0 Minutes 5 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार