
वीरगञ्ज – बिन्दवासनी गाउपालिकाको अध्यक्षमा लोसपाका उम्मेदवार प्रमोद तिवारी विजयी भएसंगै पर्सामा लोसपाको जितको खाता खुलेको हो ।
गाउँपालिका अध्यक्षमा लाेसपाका उम्मेदवार तिवारी ४ हजार १ सय ४१ मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय बिन्दबासिनीले जनाएकाे छ । उनकाे निकतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका विवेक चाैरसिया ३ हजार ४ सय ६८ मत प्राप्त गरेका छन् । तिवारी ६ सय ७३ मतको अन्तरले विजयी भएका हुन् ।
एमालेका गम्भिरा साह तेली १ हजार ८ सय ८९, जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार एवम् निर्वतमान गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु १ हजार २ सय ९२ मत र नेपाल सुशासन पार्टीका मधुसुधन चाैरसिया ५ सय ९९ मत ल्याएका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।