
वीरगञ्ज – वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयामा वडा अध्यक्ष पदमा बैजुलाल स्वर्णकार दोहोरिएका छन् ।
अघिल्लो निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित स्वर्णकार यस पटक जनता समाजवादी पार्टीबाट ४ सय १२ मत बढी ल्याएर दोस्रो कार्यकालको लागि वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
बिहिवार बिहान वडा नम्बर ३ को अन्तिम मतपरिणामका अनुसार जसपाका स्वर्णकारले १ हजार ५ सय ७० मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अनवर हुसेन भने १ हजार १ सय ५८ मत पाएर दोस्रो भएका छन् । त्यस्तै नेकपा एमालेका सुशील कुमार कण्ठ केवल सय मतमा सिमित भएका छन् ।
वडा नम्बर ३ जसपाबाट मेयर पदका उम्मेदवार राजेशमान सिंहको पनि गृहवडा हो । नेकपा एमालेबाट मेयरका उम्मेदवार विजयकुमार सरावगीले यस वडामा आफू जसरी पनि जित्नु पर्ने सङ्कल्प लिएका थिए ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा अडियो क्लिपमा सरावगीले वडा नम्बर ३ राजेशमान सिंहको वडा भएको कारण यहाँ आफूलाई जसरी पनि जित्नु पर्ने बताएका थिए । यद्दपी, उनको त्यो सङ्कल्प टुटेको छ । उनको पार्टीबाट वडा अध्यक्ष पदका उम्मेदवारले सय मत पनि कटाउन सकेनन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।