२०७९ मंसिर १७ शनिबार

वीरगञ्जमा होटल व्यावसाय र पर्यटनको मुख्य आधार नै भारतीय पर्यटक हुन् : उपमेयर आलम

वीरगञ्ज, २० जेठ ।  वीरगञ्जमा आयोजित २ दिने होटल व्यवस्थापन सम्बन्धी तालिम शुक्रवार सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड, होटल व्यावसायी महासंघ तथा होटल तथा पर्यटन व्यावसायी संघ वीरगञ्जद्वारा आयोजित होटल व्यवस्थापन सम्बन्धी २ दिने तालिम शुक्रवार सम्पन्न भएको हो । 
वीरगञ्जका होटलहरूमा गुणस्तरीय सेवा सुविधा कसरी प्रदान गरेर पर्यटक आकर्षण गराइ पर्यटन प्रबर्द्धन गर्न सकिन्छ भन्ने विषयमा तालिम प्रदान गरिएको होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले जानकारी दिए ।
संघका अध्यक्ष पन्तले विशेष गरि राधानी बाहिरका होटलहरुले उचित रुपमा आतिथ्यता दिन नसकि रहेको गुनासो आइरहेकोले त्यसलाइ सम्बोधनका लागि तालिम आयोजना गरिएको बताए । यस्ता तालिमले होटल व्यवसायी र कर्मचारीलाइ धेरै कुरा सिकाउने भन्दै कार्यक्षमता वृद्धि भइ होटल तथा पर्यटन व्यवसय सन्चालनमा सहयोगी हुने बताए ।
समापन कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले वीरगञ्जका होटल व्यावसाय र पर्यटनको मुख्य आधार नै भारतीय पर्यटकहरू भएकोले होटलहरूमा गुणस्तरीय, स्वस्थ्य सेवा र सफाइमा ध्यान दिनुपर्ने आवश्यक्ता औँलयाए । वीरगञ्जलाई पर्यटनको शहर बनाउन वीरगन्ज महानगरपालिकाको तर्फबाट आवश्यक साथ र सहयोग गर्ने  प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

३५ जना प्रशिक्षार्थी सहभागी दुइदिने प्रशिक्षणमा प्रविण दाहाल र सुजन आचार्यले प्रशिक्षण दिएका थिए । होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तको अध्यक्षतामा भएको तालिमको समापन समारोहको सहजीकरण दिलिपराज कार्कीले गरेका थिए ।
 

२०७९ जेष्ठ २०, शुक्रबार २१:५२ गते 1 Minute 212 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?