
पनौति, २२ जेठ । जीवित फाउंडेशनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हाम्रो प्रतिबद्धता ; रगतको कमी हुन नदिने युगको स्थापना भन्ने मुल नाराका साथ पनौतिको दलीन चौकमा अवस्थित श्री राम पार्टी पैलेसको प्रांगनमा सम्पन्न कार्यक्रममा २ जना महिलासहित ६४ जनाले रक्तदान गरेका छन् ।
उक्त कार्यक्रम स्मार्ट हेल्थ नेपालको सहकार्य तथा हिमाल हस्पिटल ब्लड ट्रान्सफ्युजन सर्भिसको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममा बेस्ट एफएम , बनेपा हेल्थ केयर लगायत पनौती जेसिज ,पनौती जुनियर जेसिज , रोट्र्यक कल्ब अफ काभ्रेभ्याली सँस्था लगायतको सहयोग रहेको थियो।
कार्यक्रममा पनौती नगरपालिका मेयर रामसरण भंडारी, वडा नम्बर ६ का वडाअध्यक्ष भीम प्रसाद एवम् स्थानीयको उल्लेख्य उपस्थिती रहेको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।