२०७९ असार १४ मंगलवार

नेपालमा अबैध रुपले भित्र्याउदैँ गरेको ११३ वटा कछुवा सहित एकजना पक्राउ

वीरगञ्ज। भारतबाट नेपाल तर्फ ल्याउदै गरेको कछुवा सहित प्रहरीले बाराका एकजनालाई पक्राउ गरेको छ ।

आज (सोमबार) बिहान साढे ९ बजेको समयमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ ईनर्वागाउँको बाटो हुदै भारत बाट अबैद्ध रुपले  नेपालमा ल्याउदै गरेको वन्यपशुपन्क्षी कछुवा ११३ वटा सहित उनलाई पक्राउ गरिएको प्रहरीले जानाएको छ ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ४५ बर्षीय आनन्दलाल टेमानी रहेका छन ।

बिशेष सुराकीको आधारमा खटिएको पर्सा प्रहरीको टोलीले भारतबाट नेपाल आउदै गरेको बीआर ०५ ए एफ ०५८३ नम्बरको भारतीय मोटरसाईकललाई रोकेर चेकजाच गर्दा ११३ वटा कछुवा फेला परेपछि टेमानिलाई पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकास खनालले जानकारी दिनुभयो ।

कछुवा सहित पक्राउ परेका टेमानिलाई वन्यजन्तु सरंक्षण ऐन सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान गर्नको लागी डिभिजन वन कार्यालय पर्सामा बुझाइएको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिनुभयो ।

२०७९ जेष्ठ ३०, सोमबार १६:५६ गते 1 Minute 6 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार