२०७९ असार १४ मंगलवार

वीरगञ्जमा अनियमति विधुत कटौती हुन थालेपछि विधुत प्राधिकरण विरुद्ध प्रदर्शन

वीरगञ्ज – नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्र अगाडि वीरगञ्जवासीले धर्ना दिएका छन् ।वीरगञ्जमा पछिल्लो समय बढ्दै गरेको गर्मीले आजित बनेका नगरवासी विद्युत प्राधिकरणले अघोषित तरिकाले छिनछिनमा लाइन काट्ने गरेपछि आक्रोशित भएर केन्द्र अगाडि धर्ना दिएका हुन् ।

नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले कुनै सूचना र जानकारी बिना नै विद्युत आपुर्ति बन्द गर्ने, नियमित भोल्टेज नदिने गर्दै आएको छ । विद्युत प्राधिकरणले दैनिक ३ देखि ४ घण्टासम्म अघोषित रुपमा लाइन काट्दै आएको स्थानीय युवा शशिकान्त सर्राफ बताउँछन् ।

केन्द्रको लापरवाहीले सिमा नाघेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) वीरगञ्ज महानगर अध्यक्ष ओमप्रकाश सर्राफको नेतृत्वमा वीरगञ्जवासीले सोमबार दिउँसो केन्द्र अगाडि केही बेर प्रदर्शन गर्नुका साथै कार्यालय प्रमुखलाई ध्यानाकर्षण समेत गराइएको छ ।

जनतालाई दुःख दिने काम नगरी नियमित रुपमा विद्युत प्रवाह गर्न नेता सर्राफले कार्यालय प्रमुखको ध्यानाकर्षण गराएका हुन् । पटकपटक लाईन काट्ने कार्य यथाशीघ्र रोकेर आम नागरिकको दैनीकिलाई सहज बनाउन पनि उनले माग गरेका छन् । साथै मागको बेवास्ता गरि नागरिकको जीवन कष्टकर बनाउने कार्य भएमा थप आन्दोलन र संघर्षका कार्यक्रम अगाडि बढाउने पनि सर्राफले चेतावनी दिएका छन् ।

प्रदर्शनमा सहभागीहरुले उठाएको माग जायज भएको बताउँदै विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख ईन्जिनियर जितेन्द्र झाले नियमित रुपमा लाईन सुचारु गर्ने बताएका छन् । केही समस्या भएको हुँदा प्राविधिक समस्याको समाधान गर्ने काम भइरहेको ई. झाले बताए ।

धर्ना कार्यक्रममा पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव, नेता राजेश साह, राजनरायण मिश्रा, सामाजिक अभियन्ता बृजेश्वर चौधरी, लालबाबु सिह, युवा नेताहरु कृष्ण गुप्ता, सन्जय पटेल, कृष्ण गुप्ता, सागर सरार्फ, महिला अभियन्ता उषा अधिकारी, अन्जना गुप्ता, रेखा सरार्फ, रानी शर्मा लगायतको उपस्थिती रहेको थियो ।

२०७९ जेष्ठ ३०, सोमबार १७:०१ गते 1 Minute 5 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार