२०८० जेष्ठ १६ मंगलवार

रवि लामिछानेले भने, ‘रहरले सञ्चारकर्मी भए, अब परिस्थितीले राजनीतिमा जाँदै छु’

वीरगञ्ज – टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले सञ्चारकर्मबाट विदा भएको उद्घोष गरेका छन् ।

आजैबाट सञ्चारकर्मबाट टाढिएको बताउँदै लामिछानेले अब राजनीतिको बाटो रोजेको बताएका छन् ।

बिहिवार एक भिडियो सन्देश जारी गर्दै उनले रहरले सञ्चारकर्मी भएपनि अब परिस्थितीले राजनीतिज्ञ बन्न विवश भएको बताएका छन् । 

राजनीतिमा आउने र चुनाव लड्ने बारे आगामी ७ गते राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर औपचारिक जानकारी दिने लामिछानेले बताएका छन् ।

कार्यक्रम सिधा कुरा अब नयाँ पुस्तालाई हस्तान्तरण गरेर टेलिभिजनको पर्दाबाट उठाउँदै आएका आवाज संसदबाट उठाउने उनको भनाई छ । 

२०७९ असार २, बिहीबार १७:०५ गते 1 Minute 100 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार