
वीरगञ्ज – पहिलाे पाइला नेपाल वीरगञ्ज शाखाकाे प्रथम साधारणसभा शनिबार सम्पन्न भएकाे छ ।
वीरगञ्जस्थित नगरसभा गृहमा भएकाे सभाकाे उद्घाटन पहिलाे पाइला संस्थाकी केन्द्रिय अध्यक्ष प्रतिभा जिसिले गरेकी थिइन ।
कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी अध्यक्ष जिसिले सधै परिवर्तनका लागि पहिलाे पाइलाले काम गरिरहने वताइन । उनले समाजलाई परिवर्त गर्नु पर्ने आवश्यकता रहेकाे वताउँदै आफ्नाे गाउँ आफै बनाउनु पर्ने धारणा राखिन ।
पहिलाे पाइला नेपाल वीरगञ्ज शाखाका अध्यक्ष निश्चल प्रजापतिकाे अध्यक्षतामा भएकाे कार्यक्रममा संस्थाका संस्थापक सचिव विजय खड्का, केन्द्रिय सह सचिव आयुश पाैडेल, केन्द्रिय महासभा सदस्य दिपक पाण्डे, वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर विजयकुमार सरावगी, भाेलन्टियर समूह वीरगञ्जका संयाेजक राजन श्रीवास्तव, पत्रकार शम्भु कुमार सुमन, विनाेद पटेल लगायतकाे सहभागिता रहेकाे थियाे ।
सभामा विभिन्न अवार्डहरु वितरण गर्नुकाे साथै विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएकाे पहिलाे पाइलाका सदस्य राहुल साहले जानकारी दिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।