२०७९ असार १४ मंगलवार

विद्युतको बदमासी विरुद्ध वीरगञ्जमा धर्ना

वीरगञ्ज – वीरगञ्जमा आईतबार फेरी विधुत प्राधिकरणले पटक पटक गरीरहेको अनियमति लोडसेडीगं विरुद्ध प्रदर्शन भएको छ । लोसपाका वीरगंज महानगर अध्यक्ष ओमप्रकाश सरार्फको अगुवाई तथा युवा नेता मनोज साहको सकृयतामा आईतबार प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागी युवाहरुले कुलमान घिसिगं खबरदार , जनतालाई दुख दिन पाईदैन भन्ने लगायतका प्ले कार्ड बोकी युवा तथा नेताहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागी युवा नेता ओमप्रकाश सरार्फले विधुत प्राधिकरणको लापरवाहीका कारण सर्वसाधारण जनताले दिनहु जसो सास्ती खेप्न बाध्य भएको बताए । प्रदर्शनमा सहभागीहरुले दिनहु जसो विधुत भोल्टेज कम हुने गरेको कारण घरघरमा टिभि , फ्रिज ,पंखा लगायतका सामाग्री जलेको तथा विहानदेखी रातीसम्म पटक पटक विधुत कटौतीले गर्मीमा रातभर जाग्राम बस्न बाध्य हुने गरेको गुनासो गरेका थिए ।
पछिल्लो प्रदर्शनका क्रममा राखिएको विभिन्न मागबारे सुनुवाई गर्ने वाचा गरीएपनि हालसम्म पुरा नभएको तथा जनताले जस्ताको तेस्तै सास्ती खेपीराखेको भन्दै सरार्फले अब पनि जनताको समस्या सुनुवाई नभए सशत आन्दोलनमा जान बाध्य हुने बताएका छन् । आईतबार भएको प्रदर्शनमा महिला नेतृ मालती कुश्वाहा लगायत युवा, सर्वसाधारण लगायतको सहभागीता रहेको थियो ।

२०७९ असार ५, आईतवार १६:२५ गते 1 Minute 28 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार