२०७९ असार १४ मंगलवार

अपौनी विद्यालयमा अङ्ग्रेजी माध्यमको पुस्तक वितरण


अषाढ ०९, पर्सा ।वीरगंजको वडा नं. २० मा पर्ने अपौनी विद्यालयमा पुस्तक वितरण गरिएको छ ।आज एक कार्यक्रम बिच श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय अपौनीमा अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक वितरण गरिएको छ ।
वडा कार्यालयको सहयोगमा विद्यालयका बालविकास देखि कक्षा २ सम्मका १५० बढी विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गरिएको वडा नं. २० का वडा अध्यक्ष रामकिशोर सिंह परागले जानकारी दिनुभएको छ ।

उहाँ कै प्रमुख आतिथ्यमा सम्पन्न पुस्तक वितरण कार्यक्रम सङ्गै अभिभावक भेला पनि गरिएको छ । अभिभावक भेलामा विद्यार्थीहरुका अभिभावकहरुले विद्यालयको स्तर वृद्धि र विद्यालयलाई व्यवस्थित गर्न सुझाव दिनुभएको थियो ।

२०७९ असार ९, बिहीबार १७:०२ गते 0 Minutes 43 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार