
वीरगञ्ज, ९ अषाढ । वीरगञ्जमा करिब १ करोडको लगानीमा वीरगञ्ज चिकेन स्टेशन सञ्चालनमा आएको छ । स्थानीय युवाहरुले वीरगञ्जको आदर्शनगरस्थित आरबीसी कम्पलेक्समा चिकेन स्टेशन सञ्चालनमा ल्याएका हुन् ।
सञ्चालक अरुण झाका अनुसार पूर्ण रुपले पारिवारिक वातावरण रहेको रेस्टुराँमा नेपाली, भारतीय, चाइनिज, इटालियनलगायत विभिन्न कन्टिनेन्टल परिकारहरुको व्यवस्था रहेको छ । चिकेन स्टेशनमा बार पनि रहेको हुँदा हरेक उमेर समूहका मानिस आउन मिल्ने झाले बताए । अत्याधुनिक नयाँ डिजाइन र १ सय जनाभन्दा बढी मानिस एकैपटक अटाउन मिल्ने रेस्टुराँ भएको सञ्चालकले दावी छ ।
वीरगञ्जमा अत्याधुनिक र नयाँ सेवा दिने रेस्टुराँको कमि महसुस भएपछि चिकेन स्टेशन सुरु गरेको झाले बताए । आगामी दिनमा यसलाई थप व्यवस्थित र बिस्तार गर्दै जाने पििन उनको योजना छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।