
वीरगञ्ज । अन्तर्राष्ट्रिय लागु पदार्थ तथा ओसार पसार विरुद्धको दिवसको अवसरमा पर्सामा आइतबार विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
एलाइड युथ सोसाइटी संस्थाद्वारा बि.आइ.एम. कलेजका स्नातक तहका विधार्थीहरुसंग अन्तरकृया कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा सहभागी विधार्थीहरुलाइ संस्थाका संयोजक ओम कुमार झा, मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश गुप्ता र वडा प्रहरी कार्यलय विर्ताका प्रहरी निरिक्षक विशाल मल्लले लागु औषधका किसिम , यसको प्रयोगबाट हुने हानी , यस विरुद्धका कानूनी कार्वाहीका प्रावधाानका बारेमा जानकारी गराएका थिए ।
संस्थाका आकाश दासको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि बि.पि.सी कलेजका सहायक क्याम्पस प्रमुख अरविन्द श्रेष्ठ रहनुभएको थियो । कार्यक्रम सञ्चालन भने शिक्षा गुप्ताले गर्नुभएको हो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।