२०७९ श्रावण २४ मंगलवार

विकासको काममा जनताले विरोध गर्दैनन् :वडा अध्यक्ष सिंह

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका वडा नम्बर २० मा २ वर्षदेखि अल्झिएको सडक निर्माणको काम अघि बढेको छ ।

हरपतगञ्ज गाउँ निवासी ताराचन मिश्राको घरदेखि दया शुक्लाको घरसम्मको लगभग २ सय ५० मीटर लम्बाईको १२ फिट सडकको योजना स्थानीयको विवादका कारण अघि बढ्न सकेको थिएन। 

आर्थिक वर्ष २०७७/७८ मै बिनियोजित १० लाख रुपैयाँ सो समयमा सडकको काम नभएपछि आले गर्दै आर्थिक वर्ष २०७८/७९ मा परेको थियो । उक्त बजेटबाट पनि हालसम्म सडक निर्माण नभएपछि वडाअध्यक्षमा युवा नेता रामकिशोर सिंह (पराग) निर्वाचित भएसँगै उनले स्थानीयसँग सहमती गरेर काम अघि बढाएका छन् । 

चालु आर्थिक वर्षको अन्तिम समयमा आएर सडक निर्माणका लागि अतिक्रमण गरिएका संरचनाहरु भत्काउन थालिएको छ । प्रतिक निर्माण सेवा प्रा.ली.ले सडक बिस्तार गरेर माटो भरी ग्रेभल गर्ने जिम्मा लिएको छ । 

सडक फराकिलो हुनुले वडाबासीलाई नै आवतजावतमा सहज पुग्ने हुँदा बिकासका कार्यमा स्थानीयले बिरोध नगर्नेमा वडाअध्यक्ष पराग बिश्वस्त छन् । 

२०७९ असार १३, सोमबार २१:०१ गते 1 Minute 101 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार