२०७९ श्रावण २४ मंगलवार

सामाजिक सुधारमा सँगसँगै नाराका साथ आयोजना भएको मैत्रीपूर्ण क्रिकेटमा सानो पाइला विजयी

वीरगञ्ज – सामाज सुधारमा सँगसँगै भन्ने नाराका साथ आयोजना भएको मैत्र पूर्ण क्रिकेट प्रतियोगितामा सानो पाइला (पूर्व लागुऔषध प्रयोगकर्ता र कर्मचारीहरुको समूह) विजयी भएको छ । लागु औषध तथा अपराध गिरुद्धको सप्ताहव्यापी कार्यक्रमअन्र्तगत आज दोस्रो दिन आयोजीत क्रिकेटमा नेपाल प्रहरी लाई २१ रनले पराजीत गर्दै सानो पाइलाको समूह विजयी भएको हो । 

सोमबार बिहान जिल्ला प्रहरी कार्यालय पर्साको खेल मैदानमा आयोजना भएको मैत्री पूर्ण खेलमा टस हारेर ब्याटिङ्ग गरेको सानो पाइलाले निर्धारित १२ ओभरमा ५ बिकेट गुमाउँदै ११६ रनको योगफल तयार पारेको थियो । 

सानो पाइलाका लाग ओपनर फिरोज अंसारी र कप्तान रौनकराज सरार्फले सर्वाधिक रनको योगदान दिएका थिए । अंसारीले ५४ रन बनाउँदा सर्राफले ३६ रनको योगदान दिएका थिए । नेपाल प्रहरीका तर्फबाट उमेश यादव, बिशाल मल्ल र धिरज कुशवाहले १/१ बिकेट लिँदा रमेश राउतले २ बिकेट लिए । 

११७ रनको लक्ष्य पाएको नेपाल प्रहरीले १२ ओभरमा ९५ रनमै सबै बिकेट गुमाएपछि सानो पाईला बिजयी भएको हो । नेपाल प्रहरीका लागि रमेश राउतले सर्वाधिक रन अर्धशतक बनाए । राउतसँगै ओपगनीङ्ग गर्न आएका उमेश यादव ८ रनमै आउट भएपछि ब्याटिङ्ग सम्हाल्न आएका प्रज्वल थापाले २२ रन बनाए । 

सानो पाइलाका फिरोज अंसारी, सज्जाद अंसारी, राज कुमार लामा र कप्तान रौनक राज सर्राफले १/१ बिकेट लिए । 

खेल समापन भएपछि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले खेलाडीहरुलाई मेडल र ट्रफी प्रदान गरेका थिए । मैत्रीपुर्ण खेलले मित्रवत एवम् भातृत्वको सम्बन्धलाई सुमधुर बनाउने डिएसपी कार्कीको भनाई थियो । 

कार्यक्रमको सहजीकरण सञ्चारकर्मी जय यादवले गरेका थिए । सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन सानो पाइलाले सुचना दिवसको आयोजना गर्दैछ । जसअन्र्तगत लागु औषध विरुद्धको जनचेतनामुलक सडक नाटक र सूचना डेस्कको स्थापना गरिने सानो पाइलाका विवेक कर्णले जानकारी दिए । 

२०७९ असार १३, सोमबार १५:२६ गते 1 Minute 121 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार