२०७९ श्रावण २४ मंगलवार

वीरगञ्ज महानगरपालिकाका उपमेयर आलमको पहलमा वीरगञ्जका युवाहरु काङ्ग्रेसमा प्रवेश

वीरगञ्ज – वीरगञ्जका विभिन्न टोलका युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। वीरगञ्जको नगवा र पिपरका युवाहरु राजु पडित, सन्देश महत्तो,साजन साह,सिकेन्द साह लगायतका युवाहरु सोमबार नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

वीरगञ्ज महानगरपालिकाका उपमेयर एवं नेपाली काङ्ग्रेसका जिल्ला सचिव इम्तियाज आलमले उनिहरुलाइ टीका र खड़ा लगाएर पार्टीमा स्वागत गरेका हुन्।

सोमबार केहि स्वतन्त्र युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेको र उनिहरुकै पहलमा अन्य थुप्रै युवाहरुलाइ पनि पार्टी प्रवेश गराउने तयारी भइरहेको नेविसंघका नेता विकास तिवारीले जानकारी दिए।

सोमबारको पार्टी प्रवेश कार्यक्रममा काङ्ग्रेसका युवा नेताहरु धर्मराज यादव,रविनन्दन सिंहका साथै काङ्ग्रेसका युवा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

२०७९ असार १४, मंगलवार ००:२५ गते 1 Minute 151 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार