२०७९ श्रावण २४ मंगलवार

नाटकै हो नौटंकी नै हो

एकताका निकै भाइरल भएको शब्द “नाटकै हो नौटंकी नै हो” राष्ट्रिय नेताले नै प्रयोग गरेकाले यो शब्द भाइरल बनेको थियो। ठुला बडाले आफ्ना असक्षमतालाई ढाकछोप गर्न गर्ने प्रपोकान्डलाई यस्ता शब्दले जनाइन्छ। यस्ता नाटक मञ्चन गर्न नेपालका राष्ट्रिय नेतादेखी स्थानिय नेता उत्तिकै माहिर छन। तिनै माहिर नेताहरु मध्येका एक हुन माडी नगरपालिकाका निवर्तमान मेयर ।
अघिल्लो स्थानियतहको कार्यकालमा केपी ओली को अयोध्या र प्रचण्डको नाम माडीले जती नै भाइरल बने पनि कार्यसम्पादन क्षमतामा चितवनको सातवटै स्थानिय तहमध्ये सबैभन्दा पुच्छरमा रहेको स्थानियतह हो माडी नगरपालिका । कहिले प्रहरी, कहिले वार्डेन, कहिले उपमियर त पटक पटक प्रशासकिय अधिकृत सँग प्रोपोगाण्डा गरि भाईरल बनेका उनी नत बादरझुलाको समस्या सामाधान गर्न सके न त राष्ट्रिय निकुञ्जको बाटोको स्तरउन्नती नै । कानुन कै व्याख्या हु कि झैँ गरि विवादास्पद परियोजना सम्झौता गरि जनता ढाटने र जमिन खण्डिकरणको चरम लोलुपतामा फस्ने र फसाउने बाहेक केहि गरे-नगरेको माडीबासी बीच छर्लङ्गै छ | बादशाह शैली या निषेधको चिन्तनले ग्रसित मानसिकताले समृद्धि खोजेर भेटिने बस्तु हैन भन्ने कहिले बुझ्ने ?
कसैको स्मृतिमा आफ्नो कार्यकाल सकायका उनी फेरी एउटा प्रपोकान्ड गरी भाइरल बन्न लागेका छन। माडीको हुलाकी सडक खण्डमा पर्ने अधिकांस खोलाका पुलहरु उनी नगर प्रमुख हुनु भन्दा अगाडी नै राष्ट्रिय योजनामा परेका थिए । ती योजना हरु आफ्नो कार्यकालमा सम्पन्न गर्न उनले खासै चासो देखाएको देखिदैन । उल्टै क्रसर व्यापारको मोहमा फसेर हुलाकी सडक कालोपत्रे बर्षौ अबरोध गरि माडीलाई बिकासको हिसाबले पछी पारेका उनि आफ्ना वरिपरीकालाई ढेकदार बनाउनमै रुमलिदै आफ्नो कार्यकाल सकेपछी निन्द्राबाट बिउझिएका छन । २१ को यानमा सयर उनी जमिन झरेका छन। आफुले अल्झायर राखेका काम धमाधम सकिन थालेपछी आफ्नो अस्लियत जनतामा छर्लङ्गिले डरले छट्पटीएका छन । दिनको दश पटक तर्नपर्ने चितइ तथा मगुइ खोलाको पुल रुमलियर बसेको कार्यकाल भर नदेख्ने निवर्तमान मेयर साहेब आज कुटो बोकेर फोटो खिचाई रहेका छन। यस वर्षको बाढिको डर लागेको हजुरलाई बिगतका ५ बर्षसम्म त्यो ज्ञान किन नआएको होला? आज तपाईको नाटकमा कलाकार बन्नेहरु हिजो माडिमै थिएन्न र ? समस्याको सामाधान खोज्ने कुरालाइ अन्यथा भन्न सकिँदैन । तर शक्तिको उन्मातबाट ओर्लेसी आयको तपाईको यो ज्ञानलाई नाैटंकी बाहेक के भन्ने?
भर्खरै मात्र निवर्तमान भएका उनि आफुलाई नीति विधिको ज्ञाता नै महसुस गर्छन तर आफ्नै कार्यकालमा यो या त्यो नाममा खरिद गरेका साधन र श्रोत परिचालन गरि समस्याको समाधानमा नगर संग संयोजनकारी भूमिका खेल्नुको साटो निजि साधनको आह्वान गरि स्थानीय तह लाइ नै बेवास्ता गर्नुले उनि संग न राजनीतिक अभिभावक बन्ने गुण देखिन्छ न साचो बिकासको चिन्तन |

२०७९ असार १५, बुधबार १५:०७ गते 1 Minute 49 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार