२०७९ माघ १७ मंगलवार

युवा नेता सरार्फको पहलमा उपकार सेवाद्वारा श्री शारदा माविमा पंखा हस्तान्तरण

वीरगंज – वीरगंज महानगरपालिका वडा नम्बर २४ बहुवरीमा रहेको एक विधालयमा विहीबार पंखा हस्तान्तरण गरीएको छ ।

उपकार सेवा नेपाल नामक एक सामाजिक संस्थाले वडा नम्बर २४ बहुवरीमा रहेको श्री शारदा माध्यमिक विधालयमा पंखा विरतण गरेको हो । नेपाल युथ फाउन्डेसनले लोसपाका वीरगंज महानगर अध्यक्ष एव् युवा नेता ओम प्रकाश सरार्फलाइ बिधालयमा पंखाको आवश्यकता रहेको जानकारी गराएपछि सरार्फकै पहलमा संस्थाकी अध्यक्ष विधा सरावगीले विधालयका प्रधानाध्यापक दयाकान्त झालाई १० थान पंखा हस्तान्तरण गरेकी हुन् ।

अत्यधिक गर्मीका कारण विद्यार्थीहरुको अध्ययन प्रभावित नहोस् भन्ने उद्देश्यले विधालयलाई अध्ययनमैत्री बनाईदिन भन्दै सरार्फले उपकार सेवा नेपालकी अध्यक्ष विधा सरावगीलाई आग्रह गरेपछि पन्खा उपलब्ध गराएको सरार्फले जानकारी गराए ।

पंखा वितरण कार्यक्रममा संस्थाका सुमन बागेरिया, नेपाल युथ फाउन्डेसनका अध्यक्ष बिकास कुश्वाहा लगायतको उपस्थिती रहेको थियो ।

२०७९ श्रावण ५, बिहीबार १९:२२ गते 1 Minute 129 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार