
काठमाडौं : नेपालमा हरेक वर्ष साउन १५ गते खिर खाने परम्परा रहिआएको छ । देशको संस्कृतिलाई बचाउनु पर्छ भन्ने मान्यताले ‘रोट्र्याक क्लव अफ दाङ’ले हरेको वर्षको साउन १५ मा विभिन्न ठाउँमा खिर खाने कार्यक्रम आयोजना गर्दै आएको छ ।
यस वर्ष पनि ’रोट्र्याक क्लव अफ दाङ’ले घोराही उप–महानगरपालिका वडा नं ७ मा रहेको बाल शान्ति गृहमा खिर खाने कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ’रोट्र्याक क्लव अफ दाङ’बाट २० जना र ’बाल शान्ति गृह’ बाट ५० जना गरी लगभग ७० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा बालबालिकाहरुले बाल शान्ति गृहको नियमित कार्य अनुसार भजन कृतन गरेका थिए । साथै थप मनोरञ्जनात्मक कार्यक्रम पनि भएको थियो ।
कार्यक्रममा उपस्थित अग्रज व्यक्तित्वहरुले खिर खाने दिनको महत्वको बारेमा आफ्ना धारणा प्रस्तुत गरे । ’रोट्र्याक क्लव अफ दाङ’ले पनि आफ्नो तर्फबाट खिर खाने दिनको महत्व बारेमा आफ्नो भनाई राख्यो भने बाल शान्ति गृहमा बस्ने बालबालिकाहरूलाई जीवनमा राम्रो काम गरेर अगाडि बढ्न हौसला दिने अभिप्रायले एउटा विशेष कार्यक्रम पनि आयोजन गरिएको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।