
वीरगञ्ज – परिवर्तन नेपाल फाउण्डेशनले श्रावन महिनाको सोमवारको अवसर पारेर सर्बत वितरण गरेको छ ।
भतौडा ४ स्थित भाठा धाममा पूजा गर्न एवम् दर्शन गर्न आउनेहरुलाई सर्वत वितरण गरिएको हो । परिवर्तन नेपाल फाउण्डेशनले १ हजार ८ गिलास सर्बत वितरण गरेको फाउण्डेशनका उपाध्यक्ष नेहा साहले जानकारी दिइन् ।
सर्बत वितरणमा फाउण्डेशनका सदस्य सुजित बर्णवाल, अतुल राउत, विजय साह, राजन साह, राजु जैशवाल लगायत युवाहरुको सहभागिता रहेको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।