२०८० जेष्ठ १६ मंगलवार

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीको छैठौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न

बुटवल – रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीको छैठौं पदस्थापन समारोह भैरहवामा सम्पन्न भएको थियो । कार्यक्रममा वर्ष २०२२/२३ का अध्यक्ष प्रदीप सापकोटासहित कार्यसमितिले पदस्थापन गरेका छन् । वर्ष २०२२/२३ को सचिवमा मीना पराजुली र कोषाध्यक्षमा सुदीप सापकोटा रहेका छन् ।

कार्यक्रममा रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी वर्ष २०२१/२२ की अध्यक्ष विनिता पोखरेलले आफ्नो कार्यकालमा ४३ वटा कार्यक्रम गर्न सफल भएको बताइन् । उनले आफ्नो कार्यकालमा रोट्रयाक्ट डिष्ट्रिकबाट ४ वटा अवार्ड तथा रोट्रयाक्ट डिष्ट्रिक ३२९२ जोन १८ वर्ष २०२१/२२ को जेडआरआरबाट ‘बेस्ट लेडी प्रेसिडेन्ट’ को रुपमा समेत सम्मानित भएको जानकारी दिइन् ।

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी वर्ष २०२२/२३ का अध्यक्ष प्रदीप सापकोटाले ‘सर्भिस थु्र पोजेटिभ थट’ विषयवस्तु अन्तर्गत काम गर्ने बताए । उनले व्यक्तित्व विकासमा रही काम अगाडि बढाउने बताए । 

कार्यक्रममा क्लबको डाइरेक्टरी बिमोचन गरिएको वर्ष २०२१/२२ की कोषाध्यक्ष मेनुका घिमिरेले बताइन् । क्लबमा हाल ४० जना सदस्य रहेको क्लबकी वर्ष २०२१/२२ की सचिव रिया पहारीले बताइन् ।

२०७९ श्रावण १६, सोमबार २३:२० गते 1 Minute 255 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार