२०८० जेष्ठ १६ मंगलवार

एक साताभित्र प्रहरी समायोजन नभए आन्दोलन गर्ने मधेश प्रदेशको चेतावनी

वीरगञ्ज – एक साताभित्र प्रहरी समायोजन नभए संघर्षमा उत्रिने मधेश प्रदेश सरकारले केन्द्र सरकारलाई चेतावनी दिएको छ ।

मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत साहले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै साउन २२ गते प्रदेश प्रमुखमार्फत केन्द्र सरकारलाई ज्ञापनपत्र पठाएर प्रहरी समायोजनका लागि एक साताको ‘अल्टिमेटम’ दिने बताए ।

प्रदेशका सबै राजनीतिक दल, प्रदेश सभाका सांसद, सरकारका प्रतिनिधि समेतले प्रदेश प्रमुख मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र पठाउने बताउँदै उनले भने, ‘ज्ञापन मार्फत हामी ७ दिनको समय दिन्छौं, त्यसपछि पनि चासो नदिइए चरणबद्ध संघर्षका कार्यक्रम अघि बढाउँछौं ।’

सातै प्रदेशका गृहमन्त्रीले सामूहिक रुपमा आग्रह गरे पनि र मधेश प्रदेशका मुख्यमन्त्रीको नेतृत्वमा पुगेर छुट्टै आग्रह गर्दा पनि सरकारले यसतर्फ ध्यान नदिएको साहले बताए । केन्द्र सरकारले प्रदेशको अधिकार खोस्ने, अपव्याख्या गर्ने र पछिल्लो समयमा आश्वासन मात्रै दिने काम गरेको उनले बताए ।

२०७९ श्रावण १८, बुधबार १५:३३ गते 1 Minute 106 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार