२०८० आश्विन ५ शुक्रबार

गुरुकुल आश्रममा पुस्तक हस्तान्तरण एवं प्रसाद वितरण

बुटवल – गुरुकुल आश्रममा पुस्तक हस्तान्तरण एवं प्रसाद वितरण गरिएको छ। रोट्री क्लब अफ बुटवल द्वारा आयोजित गरेको परोहा परमेश्‍वर ज्योतिरलिङ्ग बोलवम धाममा रहेको गुरुकुल आश्रममा पुस्तक हस्तान्तरण एवं प्रसाद वितरण गरिएको हो। रोट्री क्लब अफ बुटवलका अध्यक्ष रोट्रीयन बोनिन पियाको अध्यक्षता तथा प्रमुख अतिथिका रुपमा बोलवम धामका अध्यक्ष रामबली चौधरी रहेका थिए।

आश्रममा रहेका विद्यार्थीहरुको शैक्षिक सुधार तथा शिक्षा नै जीवनको ज्योति भन्ने मुल नाराका साथ टेवा पुर्याउने उद्देश्यले हस्तान्तरण गरिएको संस्थाले जनाएका छन्। अब आउदो पिढीमा यस्ता सहयोगी हाथहरु बाट भोलिको भविष्य विद्यार्थीहरु लाई सहयोग गरि समग्र देश लाई नै सहयोग गरेको संस्थाले जनाएको छ।

रोट्रयाक क्लब अफ क्षितिज इन्टरनेस्नल कलेजका अध्यक्ष रोट्रयाकटर सुमित प्रसाद कशौधन, रोट्रयाक क्लब अफ बुटवलका अध्यक्ष रोट्रयाकटर नवराज बनजाडे र रोट्रयाक क्लब अफ लुम्बिनी वाणिज्य क्याम्पसका अध्यक्ष रोट्रयाकटर दिपक अधिकारी रहेका थिए । कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो ।

२०७९ श्रावण १८, बुधबार २३:४२ गते 1 Minute 225 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार