२०८० आश्विन ६ शनिबार

महिला नेतृ मिश्रा कांग्रेसमा प्रवेश

वीरगञ्ज – महिला नेतृ एवम् वीरगञ्ज महानगरपालिकाको उपप्रमुखकी प्रत्यासी रम्भा मिश्रा नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । बिहिवार नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवासँग उनकै निवासमा भेटघाट गर्दै उनी कांग्रेसमा प्रवेश गरेकी हुन् । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री अजय चौरसियाले मिश्रा र सभापति एवम् प्रधानमन्त्री देउवासँग भेट गराउन समन्वय गरेका छन् । प्रधानमन्त्री देउवाले टिका लगाएर पार्टीमा स्वागत गर्दै जनताको लागि र समाजका लागि काम गर्ने महिलाहरुको पार्टीमा खाँचो रहेका बताए । 

यसअघि राष्ट्रिय जनता पार्टी (राजपा) र लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) की प्रभावशाली नेतृ मिश्राले स्थानीय तहको निर्वाचनमा उपप्रमुखको टिकट नपाएपछि पार्टी परित्याग गरेकी थिइन् । 

पार्टी परित्याग गरेर स्वतन्त्र रुपमा उपप्रमुखमा उम्मेदवारी दिएकी मिश्रा ३ हजार ९ सय ९ मत ल्याएर चौथो स्थानमा रहेकी थिइन् । झण्डै १ दशकभन्दा लामो समयदेखि मधेशी दलमै आवद्ध रहँदा पनि पार्टीले अवसरको समयमा उपेक्षा गरेको मिश्राको प्रतिक्रिया छ । 

२०७९ श्रावण १९, बिहीबार १८:२९ गते 1 Minute 121 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार