२०८० आश्विन ६ शनिबार

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र रोट्रयाक्ट डिस्ट्रिक्ट बीच सम्झौता

काठमाडौं :  शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल —भुटान बीच सहकार्य गर्ने सम्झौता भएको छ ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडका डेपुटी सिइओ लोकराज पनेरु, रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल—भुटानका डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद ध्वजु र डिस्ट्रिक्ट रोट्रयाक्ट रिप्रिेजन्जेटिभ लक्ष्मण खरेलबीच सहकार्य गर्ने सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा युवा नेतृत्व, पेशागत विकास र हरित विकास लगायतका विषयमा समेटिएका छन् । रोट्रयाक्ट डिस्ट्रिक्टको को उद्देयय बमोजिम विभिन्न सामाजिक कल्याणका परियोजनाहरूलाई प्रेरणादायी, सशक्त र रुपान्तरण गर्ने सम्बन्धी कार्यहरूका लागि संयुक्त रुपमा सहकार्य गर्ने सहमति भएको हो ।
रोट्रयाक्ट डिस्ट्रिक्टले गर्ने वातावरण,हरियाली तथा सरसफाई सम्वन्धि कार्य ,फोहोर व्यवस्थापन र युवाहरुले गर्ने हरेक कार्यक्रममा बैंकले वित्तिय तथा अन्य सहयोग गर्नेछ । यहि साउन १६ गते शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र रोट्रयाक्ट नेपालबिच सहकार्य गर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

२०७९ श्रावण १९, बिहीबार १८:२१ गते 0 Minutes 218 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार