२०७९ आश्विन १० सोमबार

वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्धारा वनमन्त्री यादवप्रति आभार व्यक्त

वीरगञ्ज, २२ साउन । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले वन तथा वातावरण मन्त्री प्रदीप यादवप्रति आभार व्यक्त गरेको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै बाराको पिलुवासम्मको ३३ केभि विद्युत प्रसारण लाईन भूमिगत (अन्डरग्राउण्ड) गर्न मन्त्री यादवले वन मन्त्रालयबाट अनुमति दिनुभएपछि सङ्घले उहाँप्रति आभार व्यक्त गरेको हो । सङ्घले मन्त्रालयमा एउटा पत्र पठाएर मन्त्री यादवलाई धन्यवाद दिएको छ ।

वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा अवस्थित उद्योगहरु एवम् घरायसी प्रयोजनका लागि प्रसारण हुने लाईनमा पटकपटक ट्रिपिङ् हुने, विद्युत लाईन अवरुद्ध हुने, विद्युतको गुणस्तर न्यून हुने जस्ता समस्याहरुबाट विगत तिन दशकभन्दा पनि लामो समयदेखि आजित बनेका थिए ।

पटक पटक सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँदा पनि सम्बोधन हुन नसकेको मागलाई मन्त्री यादवले पूरा गरेको भन्दै उहाँप्रति आभार व्यक्त गरिएको सङ्घका अध्यक्ष डा. सुवोधकुमार गुप्ताले बताउनुभयो ।

पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र हुँदै बाराको पिलुवादेखि पूर्व गढीमाई जाने मोडसम्मको ३३ केभि क्षमताको विद्युत प्रसारण लाइन भूमिगत भएसँगै सबै समस्याहरु समाधान हुने अध्यक्ष डा. गुप्ताको विश्वास छ ।

मन्त्री यादवले यही साउन १८ गते नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म निर्माणाधिन १३२ केभि विद्युत प्रसारण लाईनअन्र्तगत ३३ केभि क्षमताको भूमिगत विद्युत प्रसारण लाइन जडानका लागि मन्त्रालयबाट अनुमति दिनुभएको थियो । अनुमति नपाएर उक्त काम विगत ३ दशकभन्दा पनि बढी समयदेखि अगाडि बढ्न सकेको थिएन ।

२०७९ श्रावण २२, आईतवार २०:४१ गते 0 Minutes 76 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार